झापा – झापाको दोमुखामा पौडी खेल्ने क्रममा डुबेर एक जनाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय झिलझिलेका अनुसार सोमबार साँझ दोमुखाको हेडबक्समा साथीसँग पौडी खेल्न पसेका शिवसताक्षी नगरपालिका वडा नम्बर ८ का जीवन थाम्सुहाङ लिम्बूको डुबेर मृत्यु भएको हो।

उनी अन्य सात जना साथीसँग पौडी खेल्न गएका थिए । पौडी खेल्ने क्रममा अन्य ६ जना साथी निस्किएको र उनी हराएको प्रहरीले जनाएको छ । हामफाल्ने क्रममा उनको टाउको ठोक्किएको हुन सक्ने प्रहरीले बताएको छ । साँझ ६ बजेदेखि हराइरहेका थाम्सुहाङलाई इलाका प्रहरी कार्यालय झिलझिले ८ बजे घटनास्थलमै मृत अवस्थामा फेला पारेको थियो । हेडबक्सका सबै ढोका खोलेर नदीमा पानी बन्द गरेपछि मृतकलाई भेटिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय