नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीले ल्याउन लागेको विश्वासको मत लिने प्रस्तावलाई फेल गराउने आफूहरुको लक्ष्य रहेको बताएको छ। मंगलबार बसेको पदाधिकारीको बैठकपछि सहमहामन्त्री प्रकाशशरण महतले त्यो पहिलो लक्ष्य भएको पनि बताए।

विश्वासको प्रस्ताव फेल भएपछि वैकल्पिक सरकार गठनको लागि सहयोग जुटाइने उनले बताए। ‘पहिलो कुरा विश्वासको मतलाई फेल गराउने हाम्रो लक्ष्य हो। त्यो फेल भएपछि अर्को बाटो खुल्छ’, उनले भने।

उनले प्रमुख विपक्षीको हैसियतले कांग्रेस ओली सरकारको पक्षमा खडा हुने कुरै नआउने बताए। ‘सोच्नै सकिँदैन’, उनले भने, ‘हामी त्यसको विरोधमा उभिँदैछौं भने अरु दललाई पनि उभ्याउने प्रयास गर्नु स्वभाविक हो।’

प्रधानमन्त्री केपी शर्मा ओलीले यही २७ गते प्रतिनिधि सभामा विश्वासको मत लिँदैछन्।
मंगलबार नै बसेको नेकपा (माओवादी केन्द्र)को स्थायी समिति बैठकले ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो।
-नेपाल लाइभ बाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah