मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

तपाईको दिन सामाजिक प्रवृत्ति र मित्रसँग दौड-धूपमा बित्नेछ। जस्कारना पैसा खर्च हुन सक्ला। सरकारी काममा सफलता मिल्नेछ। वृद्द तथा पूजनीय व्यक्तिसँग भेट हुनेछ। टाढा बस्ने सन्तानको शुभ समाचार मिल्नेछ। भ्रमणमा जाने अवसर प्राप्त हुन सक्ला। अविवाहितको विवाह हुने योग रहेको छ।

वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

नयाँ कार्यको प्रारम्भ गर्नुहुनेछ। रोजगारीको लागि डन शुभ रहेको छ। साथै उनीहरुको आय वृद्धि वा पदोन्नतिको समाचार मिल्नेछ । सरकारी लाभ मिल्नेछ। घरायसी जीवनमा सुख- शान्ति रहनेछ। उच्च पदाधिकारीको प्रोत्साहनले उत्साह बढ्नेछ। अधुरो कार्य पुरा हुनेछ। दाम्पत्यजीवनमा मधुरता रहनेछ। सरकारको तर्फबाट लाभ प्राप्त गर्नुहुनेछ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

तपाईंले थोरै कठिनाइको सामना गर्नुपर्नेछ। शरीरमा उर्जाको अभाव हुनेछ। परिणाम स्वरूप निर्धारित कार्य सम्पन्न हुनेछैन। तपाईंले मानसिक चिन्ताको कारण निराशा अनुभव गर्नुहुनेछ। उच्च अधिकारीहरूसँग बहस नगर्नुहोला। प्रतिस्पर्धीबाट सचेत रहनुहोला।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

रिस र नकारात्मक विचारहरूले तपाईंको मानसिक स्वास्थ्यमा हानि गर्नेछ, त्यसैले यस कुरालाई ध्यान राख्न जरुरी छ। खानपिनमा विशेष ध्यान राख्नुहोला। तसर्थ स्वास्थ्य खराब हुन सक्ला। परिवारमा बहस हुनेछ। खर्च बढ्द आर्थिक समस्या अनुभव गर्नुहुनेछ। नयाँ सम्बन्ध उपाधिकारक हुनेछन्।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

वैवाहिक जीवनमा सानो मतभेद हुनाले जीवन साथीसँग मनमुटाव हुन सक्ला। श्रीमान-श्रीमती मध्ये एकको स्वास्थ्यमा समस्या आउन सक्छ। परिणाम स्वरूप मन सांसारिक विषयमा डुब्नेछ। व्यापारी साथीसँग धैर्यपुर्वक काम गर्नुहोला। विपरीत लिंगीय व्यक्तिसँग भेट हुनेछ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

हरेक मामिलामा अनुकूल अनुभव गर्नुहुनेछ। घरमा सुख- शान्ति स्थापित हुनेछ। जसकारण मन प्रसन्न रहनेछ। सुखप्रद घटना घट्नेछ। स्वास्थ्य स्वस्थ रहनेछ। बिरामी व्यक्तिको स्वास्थ्यमा सुधार हुनेछ। आर्थिक लाभ प्राप्ति हुनेछ । कार्यक्षेत्रमा सबैको सहयोग मिल्नेछ। प्रतिस्पर्धिसँग चुनौती झेल्दा सफलता मिल्नेछ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

बौद्धिक प्रवृत्ति र चर्चा अग्रिम स्थानमा रहनेछ । तपाईको कल्पना र सिर्जनशक्तिको प्रगतिबाट सन्तोष अनुभव गर्नुहुनेछ। व्यर्थ वाद-विवाद वा चर्चाम नउत्रिनुहोला। स्वास्थ्यको मामिलामा ध्यान राख्नुहोला। प्रिय व्यक्तिसँग भेट हुनेछ।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

मानसिक र शारीरिक अस्वस्थताको अनुभव हुनेछ। वृद्दसँग झगडा हुन सक्ला। आमाको स्वास्थ्य खराब हुनेछ। आर्थिक नोक्सान र सार्वजनिक जीवनमा मानहानि हुनेछ। स्त्रीवर्ग तथा पानीबाट बेफाईद हुन सक्ला।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

तपाईमा गूढ रहस्यमय विद्या र आध्यात्मिकताको प्रभाव विशेष रहनेछ र त्यसको अध्ययन संशोधनमा रुचि लिनुहुनेछ। तपाईको मन शान्त र प्रसन्न रहनेछ। भाई-बहिनीसँग अधिक मेलमिलाप हुनेछ। नयाँ कामको सुरुवात गर्नुहुनेछ। आफन्त-साथीको आगमनले खुशी रहनुहुनेछ। भाग्य वृद्दिको अवसर मिल्नेछ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

बोलीमा ध्यान दिनाले धेरै समस्याबाट बचाउनेछ। त्यसैले विचार गर्नुहोला। कुटुम्बसँग गलत धारणा उत्पन्न हुनाले मानसिक रूपले अस्वस्थता अनुभव गर्नुहुनेछ। स्वास्थ्यको ध्यान राख्नुहोला। गृहिणिले मानसिक असन्तोषको भावना अनुभव गर्नेछिन्। विद्यार्थीको अध्ययनमा मन लाग्नेछैन।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

शारीरिक र मानसिक रूपले स्वस्थ र उर्जा अनुभव गर्नुहुनेछ। आर्थिक दृष्टिले दिन लाभदायी रहनेछ। आफन्त तथा मित्रसँग मिष्टान र सुरुचिपूर्ण भोजन गर्नुहुनेछ। तपाईले चिन्तन शक्ति र आध्यात्मिक शक्तिको प्रभाव जान्नु हुनेछ। नकारात्मक विचारलाई मनमा आउन नदिनुहोला।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

मनमा एकाग्रताको अनुभव हुनेछ। परिणाम स्वरूप मानसिक निराशा अनुभव गर्नुहुनेछ। धार्मिक कार्यमा खर्च हुनेछ। आफन्तसँग टाढा जानुहुनेछ। अदालती कार्यमा ध्यान दिनुहोला। बोलिमा ध्यान दिनुहोला। अल्पकालीन लाभ लोभले समस्यामा पार्नेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय