दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा सेना परिचालनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीेले स्वीकृति प्रदान गरेकी छन् । ‘मिति २०७४ साल असार ११ गते आइतबारका दिन सम्माननीय राष्ट्रपति श्रीमति विद्यादेवी भण्डारीज्यूबाट २०७४ साल असार १४ गते हुने दोस्रो चरणको स्थानीय तहको निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहीत वातावरणमा सम्पन्न गर्न स्थानीय तह निर्वाचन सुरक्षा योजना, २०७३ मा व्यवस्था भएअनुसार सुरक्षा निकायहरु एकीकृत तथा समन्वयात्मक रुपमा परिचालन गर्न नेपाली सेना परिचालनको लागि राष्ट्रिय सुरक्षा परिषदको मिति २०७४/0३/७ को सिफारिस, मन्त्रिपरिषदको निर्णय ता सम्माननीय प्रधानमन्त्रीको मिति २०७४ /३/८ को सिफारिस बमोजिम २०७४ साल असार १४ गते हुने दोस्रो चरणको स्थानीय तहको स्थानीय निर्वाचन कार्यमा नेपाली सेना परिचालन गर्न नेपालको संविधानको धारा ६६ को उपधारा (२) बमोजिम स्वीकृति प्रदान गर्नुभएको छ,” राष्ट्रपति कार्यालयका प्रवक्ता मोहनप्रसाद वाग्लेले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
चुनावमा सेना परिचालनको स्वीकृति
सवाल नेपालसंवाददाताआइतबार, १० असार २०७४

चुनावमा सेना परिचालनको स्वीकृति
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू

यो पनि पढ्नुहोस् »
रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू
शुक्रबार, १ साउन २०८३
रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण
बुधबार, १३ जेठ २०८३
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
बुधबार, १३ जेठ २०८३
कोशी प्रदेशका ४ सहित ११ वटा निर्माण कम्पनी कालो सूचीमा
बुधबार, १३ जेठ २०८३
नेपालमा उच्च रक्तचापका बिरामीको संख्या बढ्दै
बुधबार, १३ जेठ २०८३



