नेकपा एमालेका मेयरका उम्मेद्वार रोमनाथ ओलीले आफूले जितेर जानसाथ दमकमा नलेज बैक बनाउने बताएकाछन् । दमकमा पढेलेखेका तथा बिभिन्न क्षेत्रमा बिज्ञता हासिल गरेका ब्याक्तिहरुको बिकास योजना र सम्बृद्धिका योजनाहरुलाइ लिपिबद्ध गरेर राखेर त्यस अनुसार काम गर्ने योजना अनुसार यस्तो बैक स्थपना गर्ने उनले बताएका हुन् ।

आफ्नो पार्टीले तथा आफूले जितेको अवस्थामा दमकको दुरदृष्टि योजना बनाउनका लागि नलेज बैकको आवश्यक रहेको उनको भनाइ छ । दमकलाइ कसरी बिकास गर्न सकिन्छ ? यसलाइ कसरी नमुना नगर बनाउन सकिन्छ ? दमकबाट युवा पलायन कसरी रोक्ने, आर्थिक सामाजिक राजनीतिक लगायत हरेक क्षेत्रमा कसरी प्रगती गर्न सकिन्छ भन्ने बिचारहरुलाइ संग्रहित गरेर राख्ने काम यसले गर्ने ओलीले प्रष्ट्याएकाछन् ।

बैकमा पैसा, सुन चाँदी मात्र होइन मानिसका बिचारहरुलाइ पनि राख्न सकिन्छ भन्ने उदाहरण यो बन्ने उनको भनाइ रहेको थियो । उपमेयरकी उम्मेद्वार गिता अधिकारीले यो अनौठो लागेपनि अतिआवश्यक र यहाँको बिकासका लागि महत्वपूर्ण कदम हुने बताइन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah