काठमाडौं, २४ बैसाख । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वाब संकलन गरिएको छ । प्रधानमन्त्रीसहित स्वकीय र निजी सचिवालय, सुरक्षा निकाय र चालकहरूसहित १०० जनाभन्दा बढीको स्वाब संकलन गरिएको प्रधानमन्त्री प्रेस सल्लाहकार सूर्य थापाले जानकारी गराएका छन् ।
वैशाख २७ गतेका लागि निर्धारित संसदको अधिवेशनअघि सबै संसद सदस्यहरुको पिसिआर परीक्षण गर्दा चार जना सांसदलाई कोरोना संक्रमण पुष्टि भएको हो । बिहीबार लिइएको स्वाबको रिपोर्ट भने आउन बाँकी नै छ । प्रधानमन्त्री ओलीले आगामी २७ गते संसदमा विश्वासको मत लिँदै छन् ।



