मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

शारीरिक र मानसिक रूपले अस्वस्थ रहनुहुनेछ। चिसो, कफ, ज्वरोको पीडाले सताउनेछ। धर्मको काम गर्दा पैसा खर्च हुन सक्ला। जग्गा, घर आदिको कागजातमा ठगी हुने सम्भावना रहेको छ। आमाको स्वास्थ्य खराब हुनेछ।

वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

आय र व्यापार वृद्धि हुने योग छ। व्यापारमा नयाँ लाभदायक सम्पर्कहरु हुनेछ। परिवार र साथीको साथमा हाँसीखुशी समय बिताउनु हुनेछ। भ्रमण हुने योग रहेको छ। विशेषरूपले महिला वर्गबाट लाभ मिल्नेछ । जीवनसाथीसँगको सम्बन्धमा प्रगाढ आत्मीयता अनुभव गर्नुहुनेछ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

हरेक कार्य सरलतापूर्वक सम्पन्न हुनेछ। घर,अफिस तथा सामाजिक क्षेत्रमा अनुकुल वातावरण बन्नाले प्रसन्न अनुभव गर्नुहुनेछ। मान- सम्मान वृद्धि हुनेछ। उच्च पदाधिकारीसँग सहयोगपूर्ण व्यवहारको कारण प्रगतिको मार्ग प्रशस्त हुनेछ। घरायसी जीवनमा आनन्द छाउनेछ। उत्तम सांसारिक सुख प्राप्त गर्न सक्नुहुनेछ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

शारीरिक मानसिक स्वास्थ्यको साथै भाग्यवृद्धिको अवसरले प्रसन्नता वृद्धि गर्नेछ। विदेशबाट शुभ समाचार मिल्नेछ। धार्मिक कार्य, देवदर्शन र यात्राधाम हुन सक्ला। पारिवारिक सदस्यसँग समय बिताउनुहुनेछ। विदेश जान इच्छुक व्यक्तिको लागि शुभ खबर रहेको छ। रोजगारमा लाभ मिल्नेछ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

स्वास्थ्यको बारेमा विशेष ध्यान राख्नुहोला। बिरामीको कारण खर्च हुनेछ। रिस र बोलीमा ध्यान राख्नुहोल। पारिवारिक सदस्यसँग मनमुटाव हुनेछ। बाहिरको खानपानले स्वास्थ्य खराब हुन्त सक्छ। मनमा नकारात्मक विचार हावी हुनेछ। अनैतिक कार्यमा समावेश नहुनुहोला। यस समय आध्यात्मिकताको सहाराले मनलाई राहत दिनेछ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

सामाजिक और सार्वजनिक क्षेत्र लाभ प्राप्त हुनेछ। स्त्री वर्गबाट विशेष लाभ हुनेछ। दाम्पत्यजीवनमा परम सुखको पलको अनुभव हुनेछ। नयाँ कपडा खरिद गर्नुहुनेछ। विपरीत लिंगीय व्यक्तिसँग परिचय गर्नुहुनेछ। भ्रमण हुना सक्ला।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

रोजगारमा प्रसिद्दि र सफलता मिल्नेछ। पारिवारिक वातावरण सौहार्दपूर्ण रहनेछ। प्रतिस्पर्धि समक्ष विजय मिल्नेछ। अफिसमा सहकर्मीको सहयोग मिल्नेछ। माईती पक्षको तर्फबाट समाचार मिल्नेछ। बौद्धिक चर्चामा भाग लिनुहुनेछ। विधार्थीको पढाईमा सफलता मिल्नेछ। विपरीत लिंगीय व्यक्ति तर्फ आकर्षण बढ्नेछ।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

शारीरिक वा मानसिक उर्जा र ताजगीको अभाव रहनेछ। परिवारमा झगडाको वातावरण रहनाले मन उदास रहनेछ। अनिन्द्राले सताउनेछ। आमाको स्वास्थ्य खराब हुनेछ । सार्वजनिक जीवनमा अपमानित हुने अवसर आउनेछ । धन हानि हुनेछ । स्त्रीवर्गबाट हानी पुग्नेछ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

दिन सुखमय बित्नेछ। अनुकूल परिस्थिति निर्मित हुनेछ। हरेक कार्य सरलतापूर्वक पूरा गर्न सक्नुहुनेछ। मनमा प्रसन्नता रहनेछ। व्यापार-धन्दामा आर्थिक लाभ प्राप्त गर्न सक्नुहुनेछ। भाई-बहिनीसँग समय बिताउनुहुनेछ। कुनै नयाँ कार्य सुरु गर्न सक्नुहुनेछ। विधार्थीको पढाईमा सफलता मिल्नेछ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

मनको दुविधाले निर्णयशक्तिमा अभाव उत्पन्न हुनेछ। परिणाम स्वरूप उल्झन अनुभव हुनेछ। स्वास्थ्य मध्यम रहनेछ। वादविवादमा पर्नाले आफन्तसँग मनमुटाव हुनेछ। कार्यमा कम सफलता मिल्नेछ। अनावश्यक खर्च र धनहानि हुने योग रहेको छ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

आनन्द, उत्साह र प्रसन्नता अनुभव गर्नुहुनेछ। नयाँ कार्य सुरुवात गर्नको लागि लाभदायक साबित हुनेछ। मित्र र आफन्तसँग भोजनको आनन्द लिनुहुनेछ। यात्राको योग रहेको छ। धार्मिक कार्यमा खर्च होला। निर्धारित कार्य सफल हुनेछ। दाम्पत्यजीवनमा सुखको अनुभव हुनेछ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

आनन्द- उत्साह र तन-मनको प्रसन्नताले दिनमा चेतना र उर्जाको संचार गर्नुहुनेछ। नयाँ कार्य हातमा लिनुहुनेछ। त्यसमा सफलता मिल्नेछ। धार्मिक मांगलिक प्रसंगमा जानुहुनेछ। मनमा कुनै निर्णय लिँदा दुविधा अनुभव गर्नुहुनेछ। परिवारसँग मिष्टान्न भोजनको आनन्द लिनुहुनेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah