दोलखाको प्रसिद्ध भीमेश्वर मन्दिरमा फेरि पसिना आएपछि स्थानीयहरुले पूजाआराधना सुरु गरेका छन्।

मन्दिरको शिलामा शनिबार दिउँसो १२:१५ देखि पसिना आएको स्थानीयहरुले बताएका छन्। मन्दिरका पुजारी काशिनारायण श्रेष्ठलाई उद्धृत गर्दै स्थानीयले जानकारी दिएअनुसार मध्यान्ह १२ बजेपछि गरिने छक्काल पुजा गर्न लाग्दै गर्दा शिलाको शिरको दाहिने भागबाट पसिना आएको र केहिबेरपछि शिलाको बीच भागबाट पसिना आएको हो।

स्थानीय बासिन्दा तथा मनोविद् आदर्श प्रधानका अनुसार शिलामा पसिना आए केही अनिष्ट हुने किवंदन्ती छ।

भीमसेन मन्दिरको शिलामा पसिना आएपछि जिल्लास्थित सरकारी टोली मन्दिर पुगेको एक स्थानीय अधिकारीले जानकारी दिए।

यसअघि गत मंसिर १४ गते पनि भीमेश्वरको शिलामा पसिना आएको थियो।
-देशसंचार बाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah