कोरोनाको उपचारमा संलग्न राजधानीका दुई अस्पतालले अक्सिजन अभावका कारण कोरोना बिरामीको उपचार गर्न नसकिएको जानकारी गराएका छन् । ललितपुरको जावलाखेलमा रहेको अल्का अस्पताल र चाबहिलमा रहेको हेल्पिङ ह्याण्ड अस्पतालले अक्सिज अभावका कारण कोरोना उपचारमा समस्या परेको जनाएका हुन् ।

अल्का अस्पतालले दैनिक १ सय ५० वटा सिलिण्डर आवश्यक पर्ने भन्दै अक्सिजन सहज रुपमा उपलब्ध गराउने वातावरण बनाइदिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, बागमती प्रदेश सरकार, स्थानीय प्रशासन, स्थानीय तह, नागरिक समाज, सञ्चारकर्मी लगायतसँग अनुरोध गरेको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

अल्का अस्पतालमा १७ वटा आइसियू, २९ वटा जनरल वार्ड, १५ वटा क्याबिन छन् ।

त्यसैगरी, चाबहिलको हेल्पिङ ह्याण्ड्स सामुदायिक अस्पतालले अक्सिजनको नियमित आपूर्ति नभएका कारण शनिबारदेखि अक्सिजनको नियमित आपूर्ति नभएसम्मका लागि सीमित शय्या मात्र सञ्चालनमा ल्याई सेवा प्रदान गरिने जानकारी गराएको छ ।

अस्पतालका निर्देशक डा. हेमबहादुर लिम्बूले विज्ञप्ति जारी गर्दै अक्सिजनको वैकल्पिक व्यवस्था नभएसम्म कोरोना संक्रमणका बिरामी भर्ना गरी उपचारमा निरन्तरता दिन नसकिने जनाएका हुन् ।

-फरकधार बाट