जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले प्रधानमन्त्री केपी ओलीको विपक्षमा मतदान गर्न आग्रह गरेका छन् ।

आज जसपाको पदाधिकारी बैठकपछि ट्वीट गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका डा भट्टराईले त्यस्तो आग्रह गरेका हुन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

आजको बैठकले पार्टी एकतालाई कायम राख्दै खोली सरकारको बहिगर्मन सुनिस्चि तगर्ने कार्यनीति तय गरेको बताए । त्यस्तै प्रधानमन्त्री ओलीलाई प्रतिगमनको केन्द्र भएको संज्ञा दिँँदै सरकारलाई बिदा गर्न, देशलाई अग्रगामी निकास दिन र जसपालाई वैकल्पिक राजनीतिक शक्ति बनाउन योगदान गर्न समेत आग्रह गरेका छन् ।

डा. भट्टराईले भने- ‘जसपाको पदाधिकारी बैठकले पार्टी एकता कायम राख्दै ओली सरकारको बहिर्गमन सुनिश्चित गर्ने कार्यनीति तय गरेको छ। सबैले आआफ्नो विवेक प्रयोग गरेर प्रतिगमनको केन्द्र बनेको ओली सरकारलाई विदा गर्न,देशलाई अग्रगामी निकास दिन र जसपालाई देशको वैकल्पिक शक्तिको रूपमा विकास गर्न योगदान गरौं!’

-लोकपथ बाट

https://twitter.com/brb1954/status/1391371517804519424?ref_src=twsrc%5Etfw%7Ctwcamp%5Etweetembed%7Ctwterm%5E1391371517804519424%7Ctwgr%5E%7Ctwcon%5Es1_&ref_url=https%3A%2F%2Fwww.lokpath.com%2Fstory%2F401059