पृथ्वीसुब्बा गुरुङको मुख्यमन्त्री पदबाट राजीनामासँगै गत वैशाख १६ गते शपथ खाएका युवा तथा खेलकुदमन्त्री राजीव गुरुङ उर्फ दीपक मनाङेको पनि पद गएको छ । उनी ११ दिन मन्त्री बने । तर, मुख्यमन्त्रीको राजीनामाबारे उनले अनभिज्ञता प्रकट गरे ।

राजनीतिक खिचातानीकाबीच वैशाख १६ गते उनले शपथ ग्रहण गरेपछि उनले यो सरकार १० दिन पनि नरहन सक्ने टिप्पणी गरेका थिए ।

ठट्यौलो शैलीमा उनले आफू १० दिन मन्त्री बन्ने भनेको तर एक दिन बढी मन्त्री बनेको बताए । “मैले १० दिन भनेकाे थिएँ, ११ दिन भयो । अब जो मान्छे आउँछ उसैले गर्छ नि,” उनले भने ।

मुख्यमन्त्रीले राजीनामा दिएको बारेमा चाहिँ आफूले थाहा नपाएको उनले बताए । मुख्यमन्त्रीले राजीनामा दिनुभयो नि भन्दा उनले, “हो र ?” भन्ने प्रतिप्रश्न गरे ।

दिनभर फोन आएको तर आफूले अ‍‍ाराम गरिरहेकाले कसैको फोन नउठाएको उनले बताए ।

“म घरमै छु, मुभी हेरेर बसेको छु । धेरैले फोन गरेका रहेछन, मैले फोन पनि उठाइन । डाक्टरले रेस्ट गर्न भनेका छन् । मैले फोन पनि उठाएको छैन ।” उनले भने ।
-बाह्रखरी बाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah