एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका माधव नेपाल पक्षका सांसदहरुलाई हतारोमा कुनैपनि अनुचित निर्णय नगर्न आग्रह गरेका छन् । सोमबार केहीबेर अघि उनले सामाजिक सञ्जाल ट्वीटरमार्फत ओलीले यस्तो आग्रह गरेका हुन् । उनले प्रधानमन्त्रीले विश्वासको मत लिन बैठक बस्न लागिरहेको अवस्थामा आन्तरिक मतभेद वा असन्तुष्टि केही भए आपसी छलफलबाट समाधान गर्न सकिने पनि बताएका छन् ।

‘नेकपा (एमाले) संसदीय दलका सबै माननीय सदस्यहरूलाई अवगत नै छ, प्रधानमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि आज दिनको १ बजेबाट प्रतिनिधिसभाको विशेष अधिवेशन र बैठक बस्दैछ । त्यस प्रयोजनका लागि प्रधानमन्त्रीको पक्षमा मतदान गर्न दलका तर्फबाट जानकारी गराइएको छ’, प्रधानमन्त्रीले भनेका छन्, ‘यस्तो अवस्थामा आन्तरिक मतभेद वा असन्तुष्टि केही भए आपसी छलफलबाट समाधान गर्न सकिने नै छ। तसर्थ, हतारोमा कुनै पनि अनुचित निर्णयमा जान वाञ्छनीय नहुने कुरामा म सबै माननीयज्यूहरूको ध्यानाकर्षण गराउन चाहन्छु। आउनुस्, केही समस्या भए सँगै बसौं, छलफल गरौं र समाधान गरौं ।’

माधव नेपाल पक्षका २२ संसदले भने आजको बैठकमा सहभागी नहुने निर्णय गरेका छन् ।

-रातोपटि बाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय