झापाको गौरादह ४ का एक कोरोना संक्रमितको कोरोना संक्रमणबाट मृत्यु भएको छ । ६८ बर्षिय ती पुरुषको दमकको एडभान्स अस्पतालमा उपचारका क्रममा आज बिहान निधन भएको हो । पूर्व जनप्रतिनिधी समेत रहेका उनलाई कोरोना परिक्षण गर्दा पोजेटिभ देखिएको अस्पतालका शहदेव भट्टराईले जानकारी दिए । उनको आज बिहान ८ बजेर १० मिनेटमा मृत्यु भएको हो । यस अघि पनि गौरादह ४ कै एक जना महिलाको मृत्यु भएको थियो । दोस्रो लहरको कोरोना शुरु भएयता गौरादहमा २ जनाको मृत्यु भएको छ । ती दुबै एउटै वडाका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय