नेकपा माओवादी केन्द्र संसदीय दलको बैठक सिंहदरबारमा सुरु भएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसदमा विश्वासमा मत लिँदै छन्। त्यसअघि माओवादी संसदीय दलको बैठक बसेको हो।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

बैठकमा अध्यक्ष पुष्पकमल दाहालले ब्रिफिङ गर्ने सांसद देवेनद्र पौडेलले बताए। दाहाल अहिले सिंहदरवार पुगिसकेका छन्।

सरकारलाई दिएको समर्थन फिर्ता लिएको माओवादीले विश्वासको मतलाई असफल बनाउने निर्णय गरिसकेको छ।

-नेपालखबर बाट