जसपाका अध्यक्ष महन्थ ठाकुरले आफ्नो दलले प्रधानमन्त्रीलाई विस्वासको मत पनि नदिने र अविस्वासको पक्षमा पनि मत नदिने बताएका छन् ।
अध्यक्ष ठाकुरले आफूहरु लोकतन्त्र आएपछि पनि राजनीतिक रुपमा पिडित रहेको भन्दै कसैलाई मत दिन सक्ने अवस्थामा नरहेको बताएका हुन् ।
उनले आफ्ना सांसद रेशम चौधरी जेलमा रहेको भन्दै संविधानमा असहमति राख्दा जेल जानुपरेको बताए ।
राजनीतिक आन्दोलनमा सहभागी हुँदा नेता, कार्यकर्ता धरपकड गरिएको भन्दै त्यसलाई सम्बोधन नहुँदासम्म तटस्थ बस्न चाहेको बताए ।
उनले आफ्ना केही मागहरु सुनुवाई गरिदिएको र जेलबाट केहीलाई जुटकारा दिएकोमा प्रधानमन्त्रीलाई धन्यवाद दिए ।
तर अझै १२० कार्यकर्ताहरु हिरासत र जेलमा रहेको भन्दै उनीहरु पनि चाँडै छुटुन् भन्ने चाहेको बताए ।
उनले यस्तो अवस्थामा आफूहरु कसैलाई मत दिने पक्षमा नभएको बताए ।
अध्यक्ष ठाकुरले जातिय, क्षेत्रीय रुपमा आफूहरु अहिले पनि पिडित रहेको बताए । लोकतन्त्रमा पनि फरक मत राख्दा जेल जानुपर्छ भने लोकतन्त्र भन्ने की भेदभाव भन्ने प्रश्न उठेको उनले बताए ।










