नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारीहरुको बैठक जारी छ । सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बैठक बसेको हो । दिउँसो करिब १५ः३५ मा बैठक सुरु भएको एक नेताले जानकारी दिए ।
बैठकमा सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विजयकुमार गच्छदार, उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा. शशांक कोइराला, महामन्त्री पूर्णबहादुर खड्का, सहमहामन्त्री डा. प्रकाशशरण महत, कोषाध्यक्ष सीतादेवी यादव, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, केन्द्रीय सदस्य रमेश लेखक, प्रमुख सचेतक बालकृष्ण खाँण, सचेतक पुष्पा भुसाललगायत सहभागी छन् ।
नयाँ सरकारका विषयमा छलफल गर्न बैठक बसेको हो । सभापति देउवाले सर्वदलीय बैठक स्थगित गरेर पदाधिकारी बैठक डाकेका हुन् ।
-बाह्रखरी बाट










