आकाश कँडेलकी आमा कोरोना संक्रमण भएर पेप्सीकोलास्थित मदरल्यान्ड अस्पतालमा उपचाररत छिन् । आईसीयूमा रहेकी उनलाई दिनमा ४ सिलिण्डरसम्म अक्सिजन दिनुपर्छ ।

मंगलबार आमाको मुख हेर्ने दिनमा उनले आमाको जीवन रक्षाका लागि आफैंले संघर्ष गर्नुपर्‍यो । अस्पतालले मंगलबार दिउँसो आकाशलाई भन्यो, ‘हामीसँग अक्सिजन सकिन लाग्यो, एक घण्टाभित्रै अक्सिजन खोजेर ल्याउनुस् ।’

आकाश अत्तालिए । निषेधाज्ञामा अक्सिजन लिन कहाँ जाने ? त्यसमाथि एक हप्ताअघि मात्रै खुट्टा अपरसेन गरेर स्टिल झिकेका कारण उनी झटपट कतै पुगहाल्न सक्दैनन् ।

तर आमाको जीवन–मरणको सवाल भएपछि उनले चिनेजानेकालाई फोन गरे । तर कतैबाट अक्सिजन पाउन सकेनन् । ‘अहिले अक्सिजन पाउन सजिलो छैन, सिफारिस लिन सीडीओ अफिस (जिल्ला प्रशासन कार्यालय) जानुस्’ भन्ने जवाफ पाएपछि आकाश झन् तनावमा परे ।

अहिले सरकारले तोकेको प्रक्रियाअनुसार कोही बिरामीलाई अक्सिजन चाहिने हो भने पहिला जिल्ला प्रशासन कार्यालय पुग्नुपर्छ । बाटोमा ठाउँ–ठाउँमा प्रहरीले रोक्छ, प्रशासन कार्यालयको गेटमा सुरक्षाकर्मीले रोक्छन् । बिरामीलाई अक्सिजन आवश्यकता भएको मेडिकल प्रमाण देखाएर सिफारिस लेख्न लगाउनुपर्छ । त्यसपछि खाली सिलिन्डर लिएर कुनै उद्योगमा लाइन बस्न पाइन्छ । उद्योगमा कतिबेला पालो आउँछ पत्तो छैन । कतै भरिएको सिलिन्डर पाए पनि सिफारिसबिना ल्याउन पाइँदैन ।

यो सब थाहा पाएपछि आकाशका हात खुट्टा गले । आफ्नो पीडा समाजिक सञ्जालमा पोखे । त्यहाँबाट केही उपाय निस्कन्छ कि भन्ने उनको अपेक्षा थियो । आकाशले फेसबुक पोस्टमा आफू र्‍यापर भि–टेनको गीतको प्रोड्युसर पनि भएको खुलाएका कारण उनलाई बाक्लै फोनहरु आए । धेरैको एउटै प्रश्न थियो, अस्पतालसँग त अक्सिजन हुनुपर्ने होइन र ?

आकशले पनि अस्पताल प्रशासनलाई यही प्रश्न सोधेका थिए । ‘हामीलाई पनि सीमित कोटा दिएको छ, त्यसले बिरामीलाई दिन पुग्दैन’ भन्ने जवाफ पाएका थिए ।

सौभाग्य ! अक्सिजन सिलिन्डर नभएको भन्दै पोस्ट गरेको केही क्षणपछि अस्पतालमा ४–५ सिलिन्डर अक्सिजन आइपुग्यो । उनले आफैंले गाडीबाट सिलिन्डर निकालेर आईसीयूमा पुर्‍याए ।

आकाशको तत्कालको संकट त टरेको छ । तर, त्यो सिलिन्डरमा जति–जति अक्सिजन घट्दै गएको छ, उति–उति उनको तनावको पारो बढ्दै गएको छ । अझै सकेसम्म धेरै अक्सिजन सिलिन्डर जोहो गर्नुपर्ने बाध्यतामा छन् उनी ।

केही शुभचिन्तकले सहयोग गर्ने वचन दिएकाले आकाश आशावादी देखिएका छन् । तर उनको प्रश्न छ, ‘न अस्पतालले अक्सिजन दिनसक्छ, न हामी आफैंलाई जोहो गर्न दिन्छ, महामारीमा पनि किन यस्तो लाचार बनाएको होला रोगी जनतालाई ?’

मदरल्यान्ड अस्पतालले आकाशलाई मात्रै हैन, त्यहाँ भर्ना भएका अक्सिजन सपोर्ट चाहिने सबैलाई आफैं व्यवस्थापन गर्न भनेको छ । ‘हामीले १० सिलिन्डर अक्सिजन माग्दा पाँच सिलिन्डर पनि आउँदैन,’ अस्पतालका एक अधिकारी भन्छन्, ‘यो अवस्थामा हामीले बिरामीका आफन्तलाई अक्सिजन खोज्न नलगाई सुखै छैन ।’

अस्पतालले कोरोना संक्रमितलाई भर्ना लिँदा अक्सिजन सपोर्ट चाहिने भए सम्पूर्ण व्यवस्था संक्रमित पक्षले नै गर्नुपर्ने गरी सम्झौता गराउने गरेको छ । ‘बिरामीलाई अरु मेडिकल केयर हामी तयार छौं, तर अक्सिजनको सुविधा दिन सक्दैनौं’ अस्पतालका ती अधिकारीले भने ।
-अनलाइनखबर

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah