लायन्स क्लब अफ दमक ग्रिन सिटीको अध्यक्षमा लायन सुनिल शाह चयन भएका छन् । भर्चुअल माध्यमबाट भएको साधारणसभाबाट शाह अध्यक्षमा चयन भएका हुन् । यस्तै प्रथम, द्धीतीय र तृतीय उपाध्यक्षमा क्रमश तारकेश्वर यादव, डा. गुरुप्रसाद मैनाली र राकेश शाह चयन भएका छन् । सचिवमा पेमा योञ्जन र कोषाध्यक्षमा नबनित झा चयन भएका छन् भने क्लबको क्लब मेम्बरसिप चेयरपर्सनमा प्रदिप कुमार प्याकुरेल चयन भएका छन् । यसैगरि क्लबले क्लब सर्भिस चेयरपर्सनको जिम्मेबारी डा.मनोज कुमार शाहलाई सुम्पेको छ भने क्लबको एलसिआईएफ कोअर्डिनेटरमा सुमन निरौलालाई चयन गरेको छ । यसैगरि क्लब मार्केटिङ र सञ्चार प्रमुखको जिम्मेबारीमा सञ्चारकर्मी सुदिप अधिकारीलाई चयन गरेको छ । क्लबले बिभिन्न समयमा बिभिन्न क्षेत्रमा पुगेर सामाजिक कामहरु गर्दै आएको छ । झापाको दक्षिणी क्षेत्रदेखी मोरङका बिभिन्न क्षेत्रका विद्यालयमा केहि अघि क्लबले बिद्यार्थीहरुलाई निशुल्क रुपमा पाठ्य सामाग्री बितरण गरेको थियो । यसैगरि क्लबले समस्यामा परेकाहरुलाई निरन्तर सहयोग समेत गर्दै आएको छ । लायन्स क्लब अफ दमक ग्रिनसिटीका नबनिर्वाचित अध्यक्ष सुनिल शाहले यो कोभिडको महामारीका बिचपनि आफुहरु सुरक्षित भएर अरुलाई सहयोग पुर्याईरहेको बताएका छन् । यस्तै उनले आफ्नो कार्यकाल भरीमा बिभिन्न उदाहरणीय काम गर्ने समेत बताए ।
लायन्स क्लब अफ दमक ग्रिन सिटीको अध्यक्षमा सुनिल शाह चयन
सवालनेपाल संवाददातामंगलबार, २८ वैशाख २०७८

लायन्स क्लब अफ दमक ग्रिन सिटीको अध्यक्षमा सुनिल शाह चयन
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण

यो पनि पढ्नुहोस् »
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण
बुधबार, १३ जेठ २०८३
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
बुधबार, १३ जेठ २०८३
कोशी प्रदेशका ४ सहित ११ वटा निर्माण कम्पनी कालो सूचीमा
बुधबार, १३ जेठ २०८३
कोशी प्रदेशमा तीन दिन गणतन्त्र दिवस मनाइने
बुधबार, १३ जेठ २०८३
निजी अस्पतालमा १६ गतेदेखि बीमाले आकस्मिक बाहेकमा काम नगर्ने
बुधबार, १३ जेठ २०८३



