कोरोना कहरले कपिलवस्तुलाई पनि कन्तविजोग बनाएको छ । संक्रमितले उपचार पाउन सकस भएको छ ।

अक्सिजन नपाएर बिरामी अत्तालिएका छन् । अस्पतालमा संक्रमितले बेड पाउन नसक्दा भुइँमा पिफर्म राखेर बस्नुपरेको छ । जिल्लाभरको स्वास्थ्य सेवाले थेग्न नसकेर बेहाल भएका बेला कपिलवस्तुको यशोधरा गाउँपालिकालाई भने अनौठो रहर जागेको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

कोरोनाले आक्रान्त बनाएका बेला नियन्त्रणमा जोड दिनुको साटो गाउँपालिकालाई बोका किन्ने रहर जागेको हो । बोका र बाख्रा खरिदका लागि पालिकाले २७ वैशाखमा सूचना जारी गरेको छ । बोका र बाख्रा खरिदका लागि दररेट माग भएको छ । तर, कति संख्यामा खरिद गर्ने भन्ने सूचनामा खुलाइएको छैन ।

पशु सेवा शाखाको वार्षिक कार्यक्रमअनुसार बाख्रा पशु प्रजननका लागि ६ महिनादेखि २ वर्षसम्मका बोका र बाख्रीको दररेट माग भएको छ । पशु विकास अधिकृत अब्दुल सलाम र प्रमुख प्रशासकीय अधिकृतको हस्ताक्षर भएको कोटेसन सार्वजनिक भएपछि कपिलवस्तुका अधिकारकर्मीले विरोध जनाएका छन् ।

विपद्का बेला नागरिकको ज्यान जोगाउने पहल गर्नुको साटो बोखाबाख्रा खरिद प्रक्रिया अगाडि बढाउनु गलत अभ्यास भएको मानव अधिकारकर्मी रवीन्द्रनाथ ठाकुरले बताए ।

-पालिका खबर बाट