प्रधानमन्त्री केपी शर्मा ओली, जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतोबीच साढे तीन घण्टा छलफल भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधबार बिहान ०९ः३० बजेदेखि दिउँसो एक बजेसम्म छलफल भएको स्रोतले जनाएको छ । उनीहरुबीच पछिल्लो राजनीतिक अवस्थाका विषयमा छलफल भएको बताइएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

बहुमतको सरकार गठनका लागि आह्वान भइरहेका बेला नेताहरुबीच छलफल भएको हो । जसपाको ठाकुर पक्ष प्रधानमन्त्री ओलीको समर्थनमा छ । उता, अर्का अध्यक्ष उपेन्द्र यादव विपक्षी गठबन्धनको पक्षमा छन् ।

-बाह्रखरी बाट