झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले अब कठोरतापुर्वक थप कडा निषेधाज्ञा आवश्यक भएको देखिएको बताएकाछन् । जिल्ला समन्वय समिति झापाले जुम मार्फत आयोजना गरेको अन्तरक्रियामा उनले यस्तो बताएकाहुन् ।

बैशाख मसान्तसम्म यसभन्दा अघि निषेधाज्ञा जारी भएको छ । पूर्ण निषेधाज्ञा भनिएपनि पुर्ण रुपमा निषेधाज्ञा पालना नभएका कारण अब कठोर हुनु पर्ने अवस्था आएको तिम्सिनाको भनाई थियो ।

संक्रमणदर र मृत्युदर समेत बढ्दै गएकाले निषेधाज्ञामा कडाई गर्न राजनीतिक दल लगायत सर्वसाधरणको पनि माग रहेको पनि तिम्सिनाले जनाए । सबैलाई निषेधाज्ञा पालना गर्नका लागि मेरो अनुरोध छ, उनले भने ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय