वरिष्ठ नेता माधवकुमार नेपालसहित चार जनाको कारवाही फुकुवा गर्ने स्थायी कमिटी बैठकको निर्णयलाई एमाले युवा नेताहरुले स्वागत गरेका छन्।

नेपाल समूहमा रहेका योगेश भट्टराई र गोकर्ण विष्टले यसले एकताबद्ध पार्टीको वातावरण बनाउने टिप्पणी गरेका छन्। हिजो भएको गल्ती सच्चिएको भन्दै अब सहमति खोज्नुपर्ने उनीहरुको सुझाव छ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

योगेशले भनेका छन्, ‘हिजो गल्ती भएको थियो, त्यसलाई सच्याउनु राम्रो हो। अब कुरा गरेर सहमति बनाउन लाग्नु पर्छ।’

गोकर्णले भनेका छन्, ‘माधव नेपाल सहित चार नेता माथिको कारबाही फुकुवाको निर्णय पार्टीलाई एकताबद्ध बनाउने वातावरण निर्माणका लागि सकारात्मक छ।’