नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र बरिष्ठ नेता माधव नेपालबीच पार्टी विवाद टुंगाउने सहमति भएको छ ।

ओली र नेपालबीच बिहीबार अपरान्ह बुढानिलकण्ठमा भएको भेटवार्तामा ओली फागुन २८ को निर्णय सच्चाउन तयार हुनुभएको हो । भेटका क्रममा विवाद समाधानका लागि कार्यदल बनाएर अगाडि बढ्ने सहमति भएको नेता नेपालले बताउनुभयो ।

प्रधानमन्त्रीलाई ६ बुँदे शर्त राखेर लेखेको पत्रका विषयमा छलफल भएको उहाले बताउनुभयो । त्यस्तै फागुन २८ निर्णय फिर्ता गर्ने र जेठ २ को अबस्थामा फर्काउन एउटा विधि बनाएर जाने सहमति नजिक पुगेको उहाले बताउनुभयो । उहाले बिभिन्न तहमा छलफल हुने भन्दै तत्कालका लागि राजीनामाको सम्भावना टरेको जानकारी दिनुभयो ।

यसअघि एमाले स्थायी कमिटी बैठकले माधव नेपाल सहित चार नेतालाई गरिएको कारवाही फुकुवा गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय