माओवादी स्थायी कमिटी बैठकले एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले अन्ततः धोका दिएकाले केपी शर्मा ओली पुन: प्रधानमन्त्री बन्‍न सफल भएको निष्कर्ष निकालेको छ । माओवादीको नेतृत्व आजै राष्ट्रपति विद्यादेवी भण्डारी भेट्न शितल निवास जाने र देउवालाई समर्थन गर्ने तयारी थियो । त्यो सबै तुहिएको बताउँदै माओवादीले भनेको छ, ‘माधव नेपालले ठूलो धोका दिए । उनैलाई प्रधानमन्त्री मान्‍नु थियो त यत्रो नाटक किन गरे ?’

एमालेका सांसदले राजीनमा गर्ने र त्यही सांसदलाई उपनिर्वाचनबाट जिताएर ल्याउने सहमति हुँदा पनि नेपाल समूहले धोका दिएको माओवादीको निष्कर्ष छ । माओवादीका प्रवक्ता नारायणकाजी श्रेष्ठले भने, 'माधवजीले धाेका दिएको कारण वैकल्पिक सरकार बन्‍न नसक्ने भयाे ।' यो प्रकारकाे धाेका हुने सोचेका पनि थिएनाैं ।'

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

‘अर्काको भर पर्दा धोका पाइयो भन्दै आजै राष्ट्रपतिकोमा जादैनौँ र परिस्थिती अध्ययन गर्दै अघि बढ्नेछौँ,’ माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई उद्धृत गर्दै एक नेताले भने, ‘हामीले हार खानु हुँदैन विकल्पहर" छन् । नआत्तिकन अघि बढ्ने हो । विश्‍वासको मत लिने काम बाँकी छ । बजेट अधिवेशन छ, आत्तिनु पर्ने छैन।’

ओलीले फेरि पनि संसद् भंग गर्न सक्ने हुनाले त्यसमा भने चनाखो हुनुपर्नेमा उनको जोड दिँदै भने, 'उनीमा त्यो भन्दा अर्को बाटो त छैन् ।' यता जनता समाजावादी पार्टी (जसपा) को महन्थ ठाकुर समूहलाई पनि मनाउने प्रायास माओवादीले नगरेको होइन । ठाकुरले नमानेपछि उपेद्र यादव तर्फ रहेका केही सदस्य लिएर भए पनि गठबन्धनको सरकार बनाउने तयारी थियो । बीचमा विदेशी शक्तिले पनि खेलेको प्रष्टै छ भन्दै बैठकमा पटक-पटक माधवकुमार नेपालको भरपर्दा धोका पाइएको निष्कर्ष उनले निकालेका हुन् ।

कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने उनीमा सहमति नभए महन्थलाई जोड गर्ने विषय पनि थियो । तर त्यसमा कांग्रेसले जोस नदेखाएको पनि माओवादीको निष्कर्ष छ । तर, सभापति देउवा पछिल्लो समय महन्थमा जान पनि तयार थिए । महन्थ आउन मानेनन् । जसले गर्दा ओली नै प्रधानमन्त्रीमा दोहोरिने भए ।

पहिले नै दाहालसँग धोका खाएका देउवाले यसपटक उनलाई यस्तो अवस्था आउने पहिले नै थाहा पाएर नै कतै नधाएको उनी निकट नेताले बताएका थिए । हुनत उनले पछिल्लो समय छलफल व्यापक पारेका थिए । जुन छलफलले त्यहाँ खासै काम गरेन र वैकल्पिक सरकारको गठजोड हुने देखिएन ।

-इकागज बाट