डीसीसीएमसी झापाले निषेधाज्ञा जारी राख्ने निर्णय गरेको छ । संक्रमण बढिरहेको हुँदा रोकथाम र नियन्त्रणका लागि निषेधाज्ञा जारी राख्ने निर्णय भएको हो ।

डीसीसीएमसीले औषधि खरिद तथा उपचार बाहेक कुनै पनि व्यक्ति घरबाट बाहिर निस्कन नपाइने निर्णय गरेको झापाका प्रहरी उपरीक्षक सानुराम भट्टराईले जानकारी दिए । यस्तै, हाट बजार मेला, जात्रा महोत्सव, पार्टी ,भोज, लगायत भीडभाड हुने कार्य गर्न नपाइने, कोभिडको लक्षण देखिएमा वा त्यस्तै प्रकारका कुनै स्वास्थ्य समस्या देखिएमा तुरुन्तै नजिकको स्वास्थ्य संस्था वा पालिकाको आइसोलेशन सेन्टरमा सम्पर्क राख्ने निर्णय गरिएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

अत्यावश्यक सेवा सञ्चालन गर्ने बाहेकका सरकारी कार्यालय, सार्वजनिक संस्थान, बीमा लगायतका कार्यालयहरुले सेवा स्थगन गर्ने र त्यस्ता कार्यालयमा न्यूनतम कर्मचारी मात्र उपस्थित गराई कार्यलयको आन्तरिक प्रशासन सञ्चालन गर्न डीसीसीएमसीले आग्रह गरेको छ ।