प्रमुख विपक्षी दलका नेता केपी शर्मा ओलीले सरकार र प्रहरी प्रशासनको चर्को आलोचना गरेका छन् । दोस्रो चरणको चुनावको मौन अवधिमा प्रेस चौतारीले एमाले पार्टी मुख्यालयमा एमाले अध्यक्ष ओलीको विशेष पत्रकार सम्मेलन गरेको थियो ।

पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले दोस्रो चरणको निर्वाचन स्वतन्त्र र निष्पक्ष रुपमा हुनु पर्नेमा जोड दिए । धरानमा एमाले उम्मेदवारको घरमा बम भेटिएको, आइतबार बुटवलमा आफू सहभागी भएको सभाको मञ्च पछाडि तीन वटा बम भेटिएको भन्दै ओलीले यसबारे सरकारको धारणा मागेका छन् ।

सरकारप्रति शंका गर्दै ओलीले भने, ‘सकेको ठाउँमा बम राख्ने, नसकेको ठाउँमा राज्य आतंक मच्चाउने हो कि के हो ?’

दोलखा घटनामा अभियुक्त बनाइएकाहरुलाई ज्यानमारा भन्दै ओलीले ‘ज्यानमारा’ छाड्ने र पीडित परिवार र एमाले सांसद पार्वत गुरुङमाथि नै मुद्दा लगाउने षड्यन्त्र गरेको आरोप लगाए ।

उनले सरकारलाई धेरै उत्ताउलो नहुन चेतावनी दिए । ‘बझाङ, दोलखामा जे देखियो, त्यस प्रकारको नहोस्,’ उनले भने, ‘निर्वाचन निष्पक्ष गराउनुस् । हाम्रो संयमको सीमा हुन्छ, अचाक्ली नगर्न म चेतावनी दिन चाहन्छु ।’

उनले फेरि थपे, ‘पिनोसेको शासन यो भन्दा के फरक थियो ? सद्दाम हुसेन, सद्दाम हुसेन भन्छन्, सद्दाम यी हुसेनहरु भन्दा के फरक थिए ?’
बाजुरामा उम्मेदवारी दर्ताको दिन माथिबाट ढुंगा हानेर एमाले कार्यकर्ताको हत्या भएको भन्दै ओलीले केही सञ्चार माध्यमले झडप भनेको भन्दै आक्रोश पोखे । उनले भने, ‘झडप भनेको त्यस्तो हुन्छ ? आक्रमण भन्न सकिन्नँ । कि नेपाली शब्दकोषको प्रयोगको यही अवस्था हो ?’

राजदूतलाई लक्षित गर्दै ओलीले पदीय हैसियतभन्दा बाहिर गएर चुनावी प्रचारप्रसारमा गाउँगाउँमा जानु भन्दा अन्तराष्ट्रिय सम्बन्धमा सुधार गर्न आग्रह गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah