कोरोना

६ हजार १३५ कोरोनामुक्त, देशभर थपिए ८ हजार ४६७ संक्रमित


  काठमाडौ   सवाल नेपाल   २०७८ बैशाख ३१, १८:२१

काठमाडौँ । २४ घण्टामा देशभर ८ हजार ४६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार दिएको जानकारी अनुसार २० हजार ९४८ पीसीआर परीक्षणबाट ८ हजार ४६७ जनामा कोरोना पुष्टि भएको हो ।

हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या ४ लाख ३९ हजार ६५८ पुगेको छ । यस्तै २४ घण्टामा ६ हजार १३५ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै निको हुनेको संख्या ३ लाख २७ हजार ६५३ पुगेको छ । नेपालमा सक्रिय संक्रमितको संख्या १ लाख ७ हजार ३३६ पुगेको छ । क्वारेन्टाइनमा ५१६ जना छन् ।

सवालनेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई sawalnepal89@gmail.com मा पठाउनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु