मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

विचारको अस्थिरताले बाधा उत्पन्न गर्नेछ। रोजगार-व्यवसाको क्षेत्रमा प्रतिस्पर्धी वातावरण रहनेछ। नयाँ काम गर्न प्रेरित हुनु हुनेछ। बौद्धिक र लेखन कार्यको लागि शुभ दिन रहला। महत्वपूर्ण निर्णय गर्नुपुर्व सल्लाह सुझाव लिन नै उत्तम रहनेछ।

वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

मनमा दुविधा रहनाले ठोस निर्णय लिन गाह्रो हुनेछ। परिणाम स्वरूप हातमा आएको अवसर गुमाउनु हुनेछ। लेखक, कारीगर, कलाकारले आफ्नो प्रतिभा प्रदर्शन गर्नेछ। नयाँ कार्य प्रारम्भ नगर्नुहोला।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

तपाईको दिन लाभदायक साबित हुनेछ। बिहानी ताजा र खुशी अनुभुति हुनेछ। साथी र आफन्तसँग मिलेर उत्तम भोजनको मज्जा लिनुहुनेछ। आर्थिक लाभ हुनुको साथै कैयौँ ठाउँबाट उपहार प्राप्त गर्नुहुनेछ। सबैसँग रमाईलो क्षण बिताउनुहुनेछ। विवाहित जीवन अनुकूल रहला।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

शरीर र मनमा बेचैनी तथा अस्वस्थ अनुभव गर्नुहुनेछ। मनमा शंका र दुविधाको कारण निर्णय गर्न गाह्रो हुनेछ। विशेष रूपले परिवारको सदस्यसँग मनमुटावको प्रसंग बन्नाले मन उदास रहनेछ। आमाको स्वास्थ्य चिन्ताको कारण बन्नेछ। पैसा खर्च हुनेछ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

विविध लाभ हुनेछ। मनको ढिलापनले कैयौँ लाभबाट वन्चित गर्नेछ। मित्र – मण्डल र महिला र वृद्दबाट लाभ उठाउनु हुनेछ। व्यवसायमा पदोन्नति र आय वृद्धि हुने योग रहेको छ। दाम्पत्यजीवनमा जीवनसाथीसँग अनुभव गर्नुहुनेछ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

नयाँ कार्यहरू सुरु गर्नको लागि योजना कार्यान्वयन गर्न उत्तम समय रहेको हो। व्यापारमा लाभ हुनेछ। रोजगारीको पदोन्नति हुन सक्ला। पिताको तर्फबाट विशेष लाभ हुनेछ। परिवारमा आनन्द र उत्साहको वातावरण रहनेछ। घरायसी मेलमिलाप हुन् सक्ला । सरकारी काम पूरा गर्नुको साथै स्वस्थ रहेर दिन बिताउनु हुनेछ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

लामो दूरीको यात्रा वा धार्मिक स्थानमा जानुहुनेछ। विदेश यात्राको लागि अनुकूल दिन रहेको छ। तैपनि तपाईंलाई आफ्नो सन्तान र स्वास्थ्यको बारेमा चिन्ता रहनेछ । उच्च अधिकारी र सहकर्मीहरूको सहयोग मिल्नेछैन। विपक्षी वा प्रतिस्पर्धीहरूसँग गहिरो छलफल नगर्नुहोला।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

तपाईले दिन सावधानीपूर्वक बिताउनु पर्ने हुन्छ। नयाँ कामको थालनी नगर्नुहोला। क्रोधावेश र अनैतिक आचरणले कठिनाईमा पुर्याउन सक्ला। समयमा नै भोजन नमिल्दा दिन खल्लो जस्तो अनुभुति हुनेछ। राजकीय अपराधी प्रवृत्तिबाट टाढा रहनुको साथै नयाँ सम्बन्ध बनाउनुहोला।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

बौद्धिक, तार्किक, विचार विनिमय र लेखन कार्यको लागि शुभ दिन रहको छ । मनोरन्जन, भ्रमण, साथीसँग भेटघाट , सुन्दर खाना र लुगा, विपरीत लिंगीय व्यक्तिसँग निकट हुनाले दिन रमाइलो र रोमाञ्चक रहनेछ । सहभागितामा फाइदा हुन्छ। जीवनसाथीसँगको सम्बन्ध घनिष्ठ रहनेछ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

व्यापार- धन्दाको विकास हुनेछ। आर्थिक रूपले लाभदायक दिन हुनाले पैसाको लेन-देनमा सरलता रहनेछ। परिवारमा सुख- शान्तिको माहोल रहनेछ। कार्यकर्ता तथा अधीनस्थ मान्छेबाट सहयोग मिल्नेछ। माईती पक्षबाट शुब समाचार मिल्नेछ। प्रतिस्पर्धिलाई पराजित गर्न सफल रहनुहुनेछ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

तपाई सन्तान र स्वाथ्यको विषयमा चिन्तित रहनुहुनेछ। अपचको समस्या हुन सक्ला। विचार परिवर्तन हुनाले मानसिक स्थिरतामा बाधा उत्पन्न गर्नेछ। नयाँ कार्य आरम्भ नगर्नु नै फाईदाजनक साबित हुनेछ। यात्रामा कैयौँ कठिनाइ हुन सक्ला।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

शारीरिक- मानसिक भय रहनेछ रहनेछ । कुटुम्बसँग वाद -विवाद हुनेछ। आमाको स्वास्थ्य खराब हुन सक्ला। अनावश्यक घटनाहरूले उत्साह कम गर्नेछ । धन र प्रसिद्दिले हानि होला। स्त्री मित्रबाट टाढा बस्नु नै रहनु राम्रो हुनेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah