आगामी जेठ ६ गते हुने राष्ट्रियसभाको उपनिर्वाचनका लागि नेकपा एमालेका उम्मेदवार रामबहादुर थापालाई मतदान गर्न ह्वीप जारी भएको छ ।

एमाले काभ्रेले ह्वीप जारी गरेको हो । काभ्रे जिल्ला अध्यक्ष अशोक ब्याञ्जुले एमालेको सूर्य चिन्हबाट निर्वाचित प्रदेशसभा र नगरपालिका गाउँपालिका प्रमुख उपप्रमुखलाई ह्वीप जारी गरिएको बताए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

उनले राष्ट्रियसभा उपनिर्वाचनका उम्मेदवार रामबहादुर थापालाई मतदान गर्न अनुरोध गरिएको बताए ।

तीन दिनभित्र पीसीआर परीक्षण गर्ने र परिचयपत्र लिएर मतदान गर्न जानुपर्ने बताइएको छ।

-नेपाल न्युज बाट