कोरोना भाइरस महामारीको बेलामा संक्रमितको उपचारमा प्रादेशिक अस्पतालले लापरबाही गरेको आरोप लगाउदै नेपाल विद्यार्थी संघ धनुषाले प्रादेशिक अस्पताल अगाडी प्रदर्शन गरेको छ।

पछिल्लो समय उपचार अभावमा कोरोना संक्रमितहरुको मृत्यु हुने संख्या बढ्दै जान थाले पछि विरोधमा नेविसंघका युवाहरुले प्रादेशिक अस्पताल बाहिर प्रदर्शन गरेका हुन्। उनीहरुले प्रदेश २ का मुख्यमन्त्रीसहित सामाजिक विकास मन्त्री र अस्पतालका मेडिकल सुपरिटेन्डेन्टको राजीनामा समेत माग गरेका छन्। प्रदर्शनमा सहभागी युवाहरुले अस्पताल प्रशासन, मेडिकल सुपरिटेन्डेन्ट, र सामाजिक विकास मन्त्री विरुद्ध चर्को नारावाजी गरेका थिए।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

नेविसंघका युवाहरुले कोरोना संक्रमितहरुको निःशुल्क उपचार, अस्पतालमा अक्सिजनको ग्यारेन्टी गर्न समेत माग गरेका थिए।

प्रादेशिक अस्पतालमा मेसुको कार्यशैली चिकित्सक जस्तो नरहेकाले उनीहरुलाइ घचघचाउनकै लागि प्रदर्शन गर्न आफुहरु बाध्य भएको नेविसंघका केन्द्रिय सदस्य कपिलदेव यादवले बताए। अस्पताल प्रशासन यस्तो महामारीको बेला समेत बिरामीको उपचारभन्दा पनि आफ्नो गोजी भर्न व्यस्त रहेको यादवले आरोप लगाए।

-पहिलोपोस्ट बाट