नेपाल कम्यूनिष्ट पार्टी बिप्लव समुहले उम्मेद्वारका घरहरुमा आफूहरुले बम नराखेको र उम्मेद्वार आफैले मतदाताको सेन्टिमेन्ट तान्नका लागि प्रोपोगण्डा मच्चाएको आरोप लगाएको छ । स्थानीय तहको चुनाव बहिस्कार गरेको विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले उम्मेदवारका घर–घरमा बम राख्ने आफुनो पार्टीको नीति नरहेको भन्दै यस्तो आरोप लगाएको हो ।

झापाको बिर्तामोड, कन्काइ नगरपालिका, दमक, मोरगको उर्लाबारी र देशका बिभिन्न ठाँउहरुमा बम आतक मच्चिएपछि बिप्लव समुहले यस बिषयमा स्पष्ट पारेको हो ।

बिप्लव समुहका नेता धर्मेन्द्र बास्तोलाले पत्रकारहरुलाइ भनेकाछन्—‘विभिन्न दलका उम्मेदवारहरुले आफैं घर नजिकै बम राख्ने र प्रहरीलाई बोलाउने गरेको पाइएका छौ हामीले कहि पनि बम राखेका छैनौ ।’ उनले भनेका छन् —‘कुनै पनि उम्मदेवारका घरमा बम राख्ने हाम्रो पार्टीको नीति छैन,’बास्तोलालेले भनेकाछन्– ‘चुनाव लडेका उम्मदेवारहरुले नै मतदाताको सेन्टिमेन्ट बटुल्नका लागि आफ्नो घर अगाडि बम राख्छन अनि प्रहरीलाई बोलाउँछन । त्यसरी बम राख्ने हाम्रो नीति छैन ।’

चुनावलाई ‘खारेज गर्ने’ भएपनि उम्मेद्वारको हत्या गर्ने वा बम हान्ने काम आफूबाट नहुने उनले स्पष्ट पारेकाछन् । उनले भने– ‘हामीले बम हान्ने वा चुनाव रोक्ने हैन, जनतालाई उठाएर मतपेटिका फाल्ने नीति लिएका छौं ।’

(अनलाइनखबरमा आधारीत)

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah