तुलसीपुर (दाङ), १३ असार । तुलसीपुर उपमहानगरपालिकाको नेपाली काँग्रेसको नगर प्रमुखका उम्मेदवार गेहेन्द्र गिरीको घर नजिक राखिएको बम गएराति नेपाली सेनाले निष्क्रिय पारेको छ ।

उम्मेदवार गिरीको तुलसीपुर उपमहानगरपालिका– ७ सल्यान रोडस्थित घर नजिक बम राखिएको थियो । यस्तै तुलसीपुरस्थित बिपी चोकमा नै गएराति फेला परेको बम समेत नेपाली सेनाको १९ नं बाहिनी तुलसीपुरको बम निष्क्रिय पार्ने टोलीले निष्क्रिय पारेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

जिल्लाका सबै मतदानस्थल तथा मतदान केन्द्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ । निर्वाचनमा नेपाल प्रहरी भित्री घेरामा, त्यसपछि सशस्त्र प्रहरी र मतदान हुने स्थल वरपर नेपाली सेना खटाइएको छ । दुई हजार १०० कर्मचारी निर्वाचनमा खटिएका छन् । दुई उपमहानगरपालिका, एक नगरपालिका र सातवटा गाउँपालिका रहेको जिल्लामा
५२० पदका लागि दुई हजार ३०० उम्मेदवार चुनावी मैदानमा उत्रेका छन् भने १५१ मतदानस्थल र ३५१ मतदान केन्द्र तथा दुई लाख ५१ हजार १७३ मतदाता रहेका छन् ।

दुई बम निष्क्रिय

भीमदत्तनगर, १३ असार । निर्वाचनका बेला सन्त्रास फैलाउन कञ्चनपुरका दुई स्थानमा राखिएका बम नेपाली सेनाको टोलीले आज बिहान निष्क्रिय पारेको छ ।

अज्ञात समूहले कञ्चनपुरको पुनर्वास नगरपालिका–६ टाउन बजार नजिक र पूर्वपश्चिम राजमार्गअन्तर्गत कृष्णपुर नगरपालिका–२ वनहरामा बम राखेको थियो । नेपाली सेनाको बम डिस्पोजल टोलीले ती बम निष्क्रिय पारेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
कृष्णपुर वनहरामा रहेका सशस्त्र प्रहरी निरीक्षक केशवराज भण्डारीले
दुवै बम राति राखिएको बताउनुभयो । निर्वाचन बहिष्कार गर्दै हिँडेको नेकपाले बम राखेको हुन सक्ने प्रहरीले आशङ्का गरेको छ । नेकपाका कार्यकर्तामाथि सुरक्षा संयन्त्रले विशेष निगरानी बढाएको छ । केही दिनअघि मात्रै नेकपा केन्द्रीय सचिवालय सदस्य विष्णुप्रसाद उपाध्यायलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । रासस

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah