काठमाडौ । जेष्ठ (जेठ) १२ महिनाहरू मध्यको एक महिना हो । विक्रम संवतका अनुसार जेठ महिनालाई सालको दोस्रो महिना मानिन्छ । यो महिना चन्द्रमास अनुसार बैसाख पूर्णिमाको भोलिपल्टबाट सुरु हुन्छ भने सौर्यमासका अनुसार यो बृष सक्रांतीको दिनबाट सुरु हुन्छ ।

शाक्य संवत्सरका अनुसार जेठ महिना मेष सक्रांतीको ५ दिन पछाडी सुरु हुन्छ । सामान्यतया सौर्यमास शुत्रलाई नै व्यवहारमा ल्याएको पाइन्छ। जेठ महिना गृष्मऋतुको पहिलो महिना हो । ज्येष्ठ महिनामा सूर्य वृष राशिमा रहन्छ । नेपाल तथा भारतका मान्छेहरूले निम्न चाडपर्वहरू मनाउने गर्दछन् ।

जेष्ठमा पर्ने केही मुख्य पर्वहरू
ज्येष्ठ कृष्ण आमावस्याका दिन वटसावित्री व्रत पर्दछ। महिलाहरूले यसको अघिल्लो दिन चतुर्दशीका दिन देखी उपवास रहेर औंशीको दिन सावित्रीदेवीको पुजा गर्नाले आजिवन सधवा रहिन्छ र पुत्रवती पनि भइन्छ भन्ने धारणा रहेको छ ।

ज्येष्ठ शुक्ल षष्ठीका दिन कुमार षष्ठी पर्दछ । यस दिनमा उपवास रहेर विन्ध्यवासीनी कुमारषष्ठीको पुजा गर्नाले राम्रो र सुखी सन्तान जन्मिन्छन् भन्ने धारणा छ ।

ज्येष्ठ शुक्ल दशमीका दिन गंगा दशहरा पर्दछ। यसै पक्षको आमावस्या देखी दशमी सम्म गंगा नदीमा स्नान गरेर दशमीको दिन १० प्रकारका वस्तुहरू दान गरेर १० प्रकारका व्यन्जनहरू सेवन गरेमा दश किसिमका पापहरू नष्ट हुन्छन् भन्ने धारणा रहेको छ ।

यस दिनमा हरिद्वारमा गंगा स्नान गर्न देश विदेशका हिन्दूहरूको ठुलो घुइंचो लाग्ने गर्दछ। यसै दिन रामेश्वरम्मा गएर भगवान रामेश्वरको दर्शन गरेमा ब्रह्महत्या नासिन्छ भन्ने शास्त्र सम्मत देखिन्छ। यसै तिथिमा नेपालको पाल्पा जिल्लाको रिडीमा भगवान हृषिकेशको उत्सव मनाउने पुरानो परम्परा रहेको छ ।

ज्येष्ठ शुक्ल एकादशीको दिनमा निर्जला एकादशी पर्व पर्दछ। यस दिन पानि सहित त्यागेर उपवास बस्ने र तुलसीको विज रोप्ने कार्यको ठुलो महत्त्व छ ।

ज्येष्ठ शुक्ल पूर्णिमाको दिन पनौती स्नान गरेर तिल, छाता, जुत्ता दान गरेमा ठुलो पुण्य पाईन्छ भन्ने शास्त्रिय वचन रहेको छ। यस दिन नेपालको सुदुर तथा मध्य पश्चिममा यहाँका स्थानिय जस्तैस्( नैनेल, मष्टा, अधिकारी, जगनाथ आदि देवी देवताहरूको पुजा गरिन्छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah