काठमाडौं, १३ असार- भरतपुर महानगरपालिको मेयरमा टिकट खोसिएका कांग्रेस नेता दिनेश कोइरालाले भरतपुरमा मतपत्र च्यातिएको प्रकरणले मतगणनास्थलको सुरक्षावारे गम्भीरतापूर्वक पुनर्विचार गरिनु पर्ने वताएका छन् । उनी सहित कांग्रेसका अन्य नेताले विज्ञप्तिमार्फत भरतपुर प्रकरण पुनरावृत्ति हुन नदिन मतगणनास्थलको सुरक्षाबारे सोच्नु पर्ने जनाएका हुन् ।  तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालकी छोरी रेणुलाई भरतपुरको मेयरमा समर्थन गरी कांग्रेस माओवादी गठबन्धन गर्नुअघि कोइराला भरतपुर महानगरमा कांग्रेस उम्मेदवार घोषित थिए । उनको उम्मेदवारी कांग्रेस सभापति शेरबहादुर देउवाले निर्वाचन आयोगलाई पत्राचार गरी फिर्ता गराएका थिए ।

१४ जेठमा मतगणना अन्तिम अवस्थामा पुगेका बेला कांग्रेस माओवादी गठबन्धनका गणना प्रतिनिधिले पुन मतदान गर्न माग गर्दै मतपत्र च्यातेका थिए । मतपत्र च्यात्ने कसुरदारकै माग अनुरुप निर्वाचन आयोगले पुन मतदानको निर्णय गरेको थियो भने कांग्रेस माओवादी दुवै दलले पुन मतदानको माग गरेका थिए ।   कांग्रेस भरतपुर नगर समिति र चितवन जिल्ला समितिले पुन मतदानकै माग गरिरहेको छ भने सरकारले पनि तीब्र दवाव दिएपछि निर्वाचन आयोगले पुन मतदानको निर्णय गरेको थियो । तर, भरतपुर महानगरपालिकामा नेपाली कांग्रेसबाट मेयरको उम्मेदवारी पाएर पनि टिकट खोसिएका कोइराला सहितका नेताहरुले ‘भरतपुर १९ प्रकरणले मतपत्र तथा मतगणना स्थलको सुरक्षा बारे गम्भीरतासाथ पुनर्विचार गर्नुपर्ने अवस्था सिर्जना गरेको’ वताएका हुन् ।

यसरी सामूहिक अपिल जारी गर्नेहरुमा धरान उपमहानगरमा कांग्रेसबाट मेयरका टिकटका दावेदार मनिता घिमिरे, टीकापुरबाट मेयरका दावेदार तेजशंकर भट्ट, टोखा नगरपालिकामा कांग्रेसबाट उपमेयर उम्मेदवार बनेकी रजनी थापा र सहिद लखन गाउँपालिकाबाट अध्यक्षका दावेदार जनार्दन अर्याल छन् । उनीहरुले भरतपुर १९ मा मतपत्र च्यातिएको घटनाले हाम्रो निर्वाचन प्रणाली र मतपत्रको सुरक्षामा गम्भीर प्रश्न उठाएको भन्दै त्यस विषयको निरुपणमा भने राय राखेका छैनन् । अदालतमा विचाराधीन विषय भएकाले राय नराख्ने उनीहरुले अपिलमा उल्लेख गरेका छन् ।

चक्रपथ बाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah