काठमाडौं, १३ असार । बागमती पेट्रोलियम डिलर्स एसोसियसनले असार २० गतेसम्म ‘सिंकेज एन्ड वर्किङ लस’ अर्थात थानकोट डिपोबाट कालिमाटी पम्पमा पेट्रोल, डिजल ल्याएर नाप्दा ४ हजार लिटरमा ९९ लिटर कम भयो, यो घाटा पूर्ति नगर्ने हो भने पम्प बन्द गर्ने चेतावनी सार्वजनिक गरेका छन् ।
क्षतिपूर्ति दिनैपर्छ, अन्यथा आन्दोलन थालिन्छ भनेपछि आयल निगम र पम्पवालाहरुको मारमा उपभोक्ता पर्न थालिसकेका छन् । एसोसियसनका अध्यक्ष छन् अच्युतबहादुर खड्का । उनले बताए– आयल निगमलाई जानकारी गराउ“दा कुनै कारवाही भएन, युरो ४ को तेल आउन थालेपछि प्राविधिक घाटा धेरै भयो ।
“निगम, गुणस्तर तथा नापतौल विभाग र व्यवसायीको रोहवरमा चार हजार लिटर तेलमा चेकजाँच गर्दा झन्डै ९९ लिटर पेट्रोल कम देखियो, प्राविधिकरुपमा घाटा बढ्दै जा“दा व्यवसाय सञ्चालन गर्न कठिन भएकाले कम तेलको क्षतिपूर्ति आयल निगमले दिनैपर्छ, अन्यथा हामी पम्प बन्द गरेर आन्दोलनमा उत्रन्छौं, यो हाम्रो बाध्यात्मक
परिस्थिति हो ।
यो खबर सार्वजनिक हुनासाथ पम्पहरुमा लामो लाइन देखिन थालिसकेको छ । फेरि पेट्रोलको हाहाकार हुने हो कि भन्ने भयले उपभोक्ताहरुले स्टक गर्नसमेत थालेका छन् । आयल निगम भन्छ– चेकजा“च गरेरै तेल वितरण गरिने हो । कम तेल आउने भन्ने कुरा भ्रम हो ।
आखिरमा डिपोले कम तेल दिएर भ्रष्टाचार गरेको हो कि पम्पवालाले तेल कम भयो भनेर बढी क्षतिपूर्ति, छुट लिन खोजेको हो ? सबै अलमलमा छन् । पम्पवालाहरुले पम्प ठप्प पारिदिए भने राजधानीलगायतका वरपरका जिल्लामा हाहाकारकै स्थिति सिर्जना हुनेछ ।
थानकोटबाट तेल भरेर कालिमाटीसम्म ८ किलोमिटर आउदा ४ हजारमा ९९ लिटर कसरी कम हुन्छ ? योभन्दा ठूलो रहस्य अरु केही होला ? निगम उपभोक्ता ठग्ने, पम्पवालाहरु निगमलाई निचोर्ने । आखिर भार पर्ने त उपभोक्तामाथि नै हो । गोरखा एक्सप्रेसका साथमा ।



