कलाकार सीताराम कट्टेल(धुर्मस) र कुञ्जना घिमिरे(सुन्तली)को धुर्मुस–सुन्तली फाउण्डेशन
बाट सम्मानित हुने भएको छ ।
दिवंगत जननेता मदन भण्डारीको ६६ औं जन्म जयन्तीको अवसरमा असार १४ गते राजधानीमा आयोजित कार्यक्रममा फाउण्डेशनलाई मदन भण्डारी राष्ट्रिय पुरस्कार प्रदान गर्न लागिएको हो ।
मदन भण्डारी फाउण्डेशनले जननेता भण्डारीको ६६ औं जन्मजयन्तीको अवसरमा बुधवार कार्यक्रम आयोजना गरी सम्मान कार्यक्रम आयोजना गरेको हो ।
धुर्मुस सुन्तली फाउण्डेशनले भूकम्पबाट क्षति भएको काभ्रेको पहरी गाउँ, सिन्धुपाल्चोकको गिरानचौर र महोत्तरीको विपन्न मुसहरवस्तीलाई नमुना वस्ती बनाएर हस्तान्तरण गरेको थियो । यस्तै फाउडेशनले हिामाल–पहाड–तराई नमुना वस्ती बनाउने कार्यक्रम अघि सारेको छ । धुर्मुस् सुन्तली फाण्डेशनलाई एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सम्मान गर्नेछन् ।
मदन भण्डारी फाउण्डेशनले जननेता भण्डारीको ६६ औं जन्म जयन्तीको अवसरमा असार १४ गते बुधवार साढे १ बजे प्रज्ञा भवन कमलादीमा ‘दीगो विकासको आधार स्थानीय सरकार’ विषयक विचार गोष्ठीको समेत आयोजना गरेको छ ।
विचार गोष्ठीमा एमाले अध्यक्ष ओली सहित कांग्रेस नेता डा. रामशरण महत, माओवादी नेता नारायणकाजी श्रेष्ठ, राप्रपा अध्यक्ष कमल थापा, लोकतान्त्रिक फोरमका नेता जितेन्द्र देव र संघीय समाजवादी फोरमका नेता शिवजी यादव विचार प्रस्तोताका रुपमा निम्त्याइएका छन् ।



