मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

सामाजिक तथा सार्वजनिक क्षेत्रमा प्रशंसा प्राप्त गर्नुहुनेछ। कुटुम्ब र दाम्पत्यजीवनमा सुख-सन्तोष अनुभव गर्नुहुनेछ। प्रिय व्यक्तिको प्रेम प्राप्त गर्न सक्नुहुनेछ। बौद्धिक चर्चामा भाग लिने अवसर प्राप्त गर्नुहुनेछ। समाधानकारी व्यवहार अपनाउनुहोला।

वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

शारीरिक तथा मानसिक स्वस्थताको साथसाथै कार्य निर्धारित रूपले आयोजनपूर्वक पूरा गर्न सक्नुहुनेछ। बिरामी व्यक्तिको स्वास्थ्यमा सुधार हुनेछ। माईति पक्षबाट समाचार मिल्नेछ। कार्य स्थानमा सहकर्मीको सहयोग मिल्नेछ। रोकिएको कार्य पूरा हुनेछ।

मिथुन- का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

नयाँ कार्यको सुरुवात गर्नको लागि अनुकुल दिन रहेको छैन। जीवनसाथी र सन्तानको स्वास्थ्य ध्यान राख्नुहुनेछ। स्त्री मित्रको लागि खर्च हुनेछ। शारीरिक र मानसिक अस्वस्थताको कारण उत्साहमा कमी आउनेछ। विधार्थीको लागि सामान्य रूपले राम्रो समय रहेको छ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

रमाईलो र आनन्दको अभाव हुनेछ। मनमा खिन्नता रहनेछ। छातीमा दुखाई वा पीडाको कारण समस्या रहनेछ। अनिन्द्राले सताउनेछ। सार्वजनिक रूपमा स्वाभिमान भंग नहोस् यस कुराको ध्यान राख्नुहोला। पैसा खर्च हुनेछ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

तपाईंले शरीरमा ताजगी र मनको खुशी अनुभव हुनेछ। साथीसँग अधिक घनिष्ठता अनुभव गर्नुहुनेछ। मित्र तथा आफन्तसँग छोटो यात्रामा जानुहुनेछ। आर्थिक लाभ मिल्नेछ। भाग्यवृद्धि हुन सक्ने प्रबल योग रहेको छ। नयाँ कार्य वा योजना स्वीकार गर्नको लागि अनुकुल दिन रहेको छ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

परिवारमा सुख-शान्ति र कुटुम्बसँग तपाईको दिन खुशीमा बित्नेछ। तपाईको कोमल बोलीको जादुले अरु मान्छेलाई प्रभावित गर्नेछ। मिष्टान्न भोजन मन पराउनु हुनेछ। आयात-निर्यातको व्यापारमा सफलता मिल्नेछ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

रचनात्मक शक्तिहरू प्रकट हुनेछन्। तपाईका कार्यहरू वैचारिक लगनशीलताका साथ सफल हुनेछन्। गहना, कपडा, उपकरण र मनोरन्जनमा पैसा खर्च हुन सक्ला। आत्मविश्वास बढ्नेछ। जीवन साथी र प्रिय व्यक्ति नजिक हुँदा उत्साहजनक र रमाईलो अनुभव गर्नुहुनेछ।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

तपाईको दिनको समय आनन्द तथा मनोरंजनमा खर्च हुनेछ। मानसिक चिन्ता र शारीरिक स्वास्थ्यले समस्यामा रहनुहुनेछ। बोलीमा ध्यान नदिदा थुप्रै झन्झटको सामना गर्नुपर्नेछ। कुटुम्ब र आफन्तसँग झगडा होला।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

तपाईको लागि दिन लाभदायक रहेको छ। घरायसीजीवनमा सुख-शान्ति रहनेछ। प्रिय व्यक्तिसँग भेट हुनेछ। प्रेमको सुखद क्षणको आनन्द लिन सक्नुहुनेछ। आयको श्रोत बढ्नेछ। उच्च पदाधिकारी र वृद्दको कृपादृष्टि रहनेछ। उत्तम भोजन प्राप्तिबाट सन्तुष्ट रहनुहुनेछ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

व्यापार-धन्दाको क्षेत्रमा लाभ हुन सक्ला। सरकारी कार्यमा सफलता मिल्नेछ। पेसामा उच्च पदाधिकारी द्वारा कामको प्रशंसा हुनेछ। पदोन्नतिको योग रहेको छ। सन्तानको पढाईको सम्बन्धमा सन्तोषको भावना अनुभव हुनेछ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

तपाईं अस्वस्थ र थकित महसुस गर्नुहुनेछ। मानसिक स्वास्थ्य कायम राख्न सक्षम रहनु हुनेछ। शरीरमा उर्जाको अभाव हुनेछ। जसकारण कम गर्नको लागि उत्साह रहनेछैन। मोज-शोक र घुमफिरमा खर्च हुनेछ। सन्तानको प्रश्नले तपाईंलाई अलमल्लमा पार्नेछ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

स्वास्थ्यको सम्बन्धमा विशेष ध्यान दिनुहोला। बिरामी व्यक्तिले खर्च गर्नुपर्नेछ। अन्य कामकाजमा थोरै प्रतिकूलता अनुभव गर्नुहुनेछ। पारिवारिक सदस्यसँग मनमुटाव होला। आकस्मिक धन लाभको कारण समस्या कम हुनेछ। आध्यात्मिकता र देशभक्तिले मन शान्त हुनेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah