भरतपुरमा पुनः मतदान गर्ने कि मतगणना गर्ने भन्ने विषयमा सर्वोच्च अदालतले असार २३ गते सुनुवाई गर्ने भएको छ ।

चितवनको भरतपुर महानगरपालिकामा मतगणना चलिरहेको बेलामा माओवादी कार्यकर्ताले मत पत्र च्यातेपछि निर्वाचन आयोगले भरतपुरको १९ नम्बर वडामा फेरि निर्वाचन गराउने निर्णय गरेको थियो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

आयोगको निर्णय चित्त नबुझेपछि एमाले उम्मेदवार अदालत गएका थिए । अदालतले प्रारम्भीक सुनुवाई गर्दै सो प्रकरणका सबै कागजपत्र अदालतमा मगाएको थियो ।

अदालतको आदेश अनुसार च्यातिएका मतपत्र, मतपत्र च्यात्नेमाथि दायर गरिएको अभियोगपत्र सहितको मिसिल र निर्वाचन अयोगको निर्णय अदालतमा पुगेको छ ।

आज मतपत्र अदालतमा पुगेपछि अदालतले असार २३ गते उक्त मुद्दामा सुनुवाई गर्ने निर्णय गरेको छ ।