दोलखाको भिमेश्वर नगरपालिका – ९ कुटकुटेमा दुईवटा घर पहिरोले पुरिएका छन् । राती आएको पहरोले दूइ घर पुरिएको प्रहरीले जनाएको छ ।
पहिरोमा परेर तीन जना वेपत्ता भएका छन् । प्रहरीको टोली घटनास्थलतर्फ गइरहेको जनाइएको छ । घटनाबारे प्रहरीको टोली त्यहाँ पुगेपछिमात्र थप जानकारी पाउने दोलखा प्रहरीले जनाएको छ ।
मौसम प्रतिकूल भएका कारण त्यहाँ उद्धारमा समस्या पनि भएको जनाईएको छ । त्यहाँको गाँउ आसपासका मानिसहरुको अवस्था पनि थाहा हुन नसकेको सुरक्षा श्रोतको भनाइ छ ।



