कोरोना

दमकमा २८ सहित झापामा २४७ नयाँ संक्रमित थपिए, ५४५० जना संक्रमण मुक्त


  दमक   सवाल नेपाल   २०७८ जेष्ठ ११, १९:४५

दमक/दमकमा २८ सहित झापामा २४७ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन । हिजो ( सोमबार) गरिएको पीसिआर तथा एन्टिजेन परिक्षणको नतिजा अनुसार सो संख्यामा नयाँ संक्रमित थपिएका हुन ।
दमकमा थपिएका २८ मध्ये १४ महिला र १४ पुरुष छन । त्यस्तै दमकसंगै जोडिएको कमलमा आजै १९ जना नयाँ संक्रमित थपिएका छन । सबैभन्दा धेरै मेचीनगरमा ६६ जना नयाँ संक्रमित थपिएका हुन । त्यसैगरी गौरीगञ्जको वडा नं १, २, ३ र ४ का कूल ७ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय झापाका अनुसार जिल्लामा सक्रिय संक्रमित संख्या ३ हजार ८ सय १६ रहेको छ भने ५ हजार ४ सय ५० जना कोरोना संक्रमण मुक्त भई डिस्चार्ज भएका छन ।
तयसैगरी झापामा दुई जना संक्रमितको मृत्यु समेत भएको जिल्ला स्वास्थ्य कार्यालय झापाले जनाएको छ । आज अर्जुनधारा ११ मा होम आइसोलेसनमा रहेका ६० बर्षिय पुरुष र बिएण्डसी अस्पताल विर्तामोडमा उपचाररत कन्काई १ का ३२ बर्षिय पुरुषको मृत्यु भएको हो । यससंगै झापामा मृतकको संख्या २१३ पुगेको छ ।

सवालनेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई sawalnepal89@gmail.com मा पठाउनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु