स्थानीय तह मतदान भइरहेका बेला इलामको इलाम नगरपालिका–७ स्थित आदर्श आधारभूत विद्यालयको मतदान केन्द्रनजिकै बम विष्फोट भएको छ। विष्फोटबाट मानवीय क्षति भने भएको छैन ।

बिहान १० बजेर २० मिनेटमा यहाँ बम विष्फोट भएको हो। बम विष्फोट कसले गरायो भन्नेबारे अनुसन्धान भइरहेको नेपाल प्रहरीका डिएसपी महेन्द्र श्रेष्ठले बताए।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

बम विष्फोट भएको ठाउँमा खाडल परेको छ । मतदानस्थलभन्दा करिब ३० मिटरमा रहेको चियाबारीबीचको सडकमा बम विष्फोट भएको हो ।

विष्फोटको ठूलो आवाजले केहीबेर मतदान कार्य प्रभावित भएपनि अहिले पुनः चालू भइसकेको डिएसपी श्रेष्ठले बताए ।