दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा कैलालीको लम्की चुहा नगरपालिकाकी १०२ वर्षीया महेसरा जैसीले मोतीपुर मतदान केन्द्रबाट मतदान गरेकी छन् ।

यसैगरी टीकापुर नगरपालिका— ५ की ९७ वर्षीया रङ्गा भण्डारीले मनिकापुर मतदान केन्द्रबाट मतदान गरिन् । जिल्लाका सबै स्थानीय तहमा निकै उत्साहका साथ शान्तिपूर्ण वातावरणमा मतदान भइरहेको प्रजिअ गोविन्दप्रसाद रिजालले बताए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

लम्की चुहा नगरपालिकाको कालिका मतदान केन्द्रमा मतदानका लागि लामबद्ध भएको अवस्थामा अत्यधिक गर्मीका कारण सात जना बेहोस भएकामा उपचारपछि उनीहरुले आफ्नो मताधिकार प्रयोग गरेको स्थानीय पत्रकार नवराज रावलले जानकारी दिए ।