नेपाली कांग्रेसले थप १६ जिल्लाका क्रियाशील र नवीकरण गरिएका सदस्यको विवरण वेवसाइटमार्फत् सार्वजनिक गरेको छ।
यसअघि कांग्रेसले ४५ जिल्लाका ८० स्थानबाट अपलोड भएका क्रियाशील सदस्यताको विवरण वेवसाइटबाट सार्वजनिक गरेको थियो।
केन्द्रीय क्रियाशील सदस्यता छानविन समितिका सचिव केशव रिजालका अनुसार पार्टीको वेवसाइट www.nepalicongress.org मा क्रियाशीलको विवरण सार्वजनिक भएको छ।
सार्वजनिक भएका नामका उपर कुनै उजुरी वा गुनासा भएमा [email protected] मा लिखित उजुरी दिन सकिने कांग्रेसले जनाएको छ।
कांग्रेसले १४ औं महाधिवेशन भदौमा गर्ने बताएको छ।
सबै जिल्लामा क्रियाशील सदस्यता वितरण नसकिँदा पार्टीका तल्ला तहमा आउनै लागेको अधिवेशन प्रभावित हुने देखिएको छ।











