केबि महरा/ कैलाली : प्रस्तुत छ ,जिल्लाको चुरे गाउँपालिका ६ न. वडाका वडा अध्यक्ष प्रेम सावद सङ्ग गरिएको साताको सवाल संवाद :-

स्थानियतह चुनावताका जनताहरुको बिचमा गरिएका थुप्रै बाचा / प्रतिबद्धताहरु होलान् ,जस् मध्ये तपाईंका वडा भित्रका स्थानियहरुले बिकासका आधारभुत आवस्यकता भित्र पर्ने शुद्ध पिउनेपानी समेत पाएनौ भन्ने गुनासो यथावत छ ! अर्को स्थानिय चुनाव समेत आउन अब बर्षदिन जति मात्रै रहेको अवस्थामा ,के तपाईंको कार्यकाल भित्र ती समस्या समाधान हुन सम्भव देख्नु हुन्छ ? कहिले सम्म ?

:- हाम्रो चुरे गाउँपालिका ६ न• वडा भित्र मेरै कार्यकालमा करिबन् ७५ -८० प्रतिशत स्थानियहरुलाई खानेपानी पुर्याई सकिएको छ । फिनल्यान्ड सरकारको आर्थिक सहायता तथा गाउँपालिकाको समन्वय मार्फत उक्त आयोजनाहरु निर्माण सम्भव भएका हुन् जस मध्ये २ दुई ओटा खानेपानी आयोजना साविकको ३ नम्बर वडामा सकाउने गरि सम्पन्न गरिएको छ भने, १ एउटा आयोजना आम्पानी क्षेत्र , ३ वटा खानेपानी आयोजनाहरु लाखी,बयला,सुर्जाटोल लगायतलाई समेट्ने गरि निर्माण सम्पन्न गरि सकिएको छ , त्यसैगरी ४ वटा जति खानेपानी आयोजना कोट, पात्थरी र ढुङ्गेनी लगायतका क्षेत्रमा निर्माण तथा वितरण कार्य सम्पन्न गरिएको छ । भने बाँकी रहेका स्थानहरु:-सिम्ती, मथुरे, रावलगडा,टुनेपानी, मल्लो ढुङ्गेनी, चित्रबिसाउन, मोड्ड लगायतका क्षेत्रहरुमा आउँदो आर्थिक वर्ष ०७८/७९ भित्रै सम्पन्न भैसक्ने गरि योजना अघि बढाईएको छ । कुनै कारणले आयोजना बजेट सानो भएमा हाम्रो वडाको क्षमता अनुसार सामान्य पाईप मात्रै बिच्छ्याएर भएपनी जनतालाई पानी पुर्याउने लक्ष्य लिएका छौँ ।

गएको स्थानिय चुनावमा आफ्नो उम्मेदवारी पछि थुप्रै राजनीतिक दलहरुका आ-आफ्नै चुनावि घोषणापत्रहरु / जनतामाझ गरिएका प्रतिबद्धताहरु थिए,तपाईं पनि तत्कालिन नेकपा गठबन्धबाट उम्मेदवार भई जनता सामु आफ्ना चुनावी प्रतिबद्दताहरु लिएर जानुभएको थियो, त्यस मध्ये के- कति पूरा भए,के-कति पुरा गर्न बाँकी छन् भन्ने हिसाब राख्नु भएको छ ?

:- सबैजसो दलका उम्मेदवार जस्तै गरि हाम्रो दल तथा मेरो आफ्नै चुनावी घोषणापत्र समेत थियो तर मेरो चुनावी घोषणापत्रमा ठ्याक्कै यहि थियो भनेर भन्ने अवस्था रहेन । कारणबस् मैले आफुले तयार पारेको घोषणापत्र हरायो या व्यस्तताले कतै राख्दा बिर्सिएं तरपनी समग्रमा जनताको हकहितका लागि र बिकास निर्माणका कार्यहरुमा नै मेरो जोड रह्यो । त्यसै अनुरुप हामिले जनताको हक-हितका लागि बिकासका हरेक सवालमा अघि बढेर काम गर्दै आईरहेका छौँ । फेरिपनी जनता र स्थानिय गाउँसमाजको बिकासका लागि हरसम्भव हाम्रो प्रयास जारी रहने छ ।

हाल कोभोड-१९ महामारीको दोश्रो लहर चले सङ्गै मुलुक पुन(लकडाउन) बन्दाबन्दिको अवस्थामा गएको छ । माहामारी फैलिन नदिन तथा लकडाउन पुर्णरुपमा पालना गराउने सवालमा वडा पालिकाले कसरी काम गरिरहेको छ ? कोभिड फैलन नदिन संक्रमितको हेरचाह तथा व्यबस्थापनको प्रबन्ध कसरी मिलाउनु भएको छ ?

:- कोभिड १९ को माहामारी फैलन नदिन गाउँ-समाजका हरेक जनतालाई सचेत पारिएको छ ,सावधानी अपनाउँदा अपनाउँदै पनि हाम्रो वडा भित्र ३ जना( भेरिखोड :१, बगैचुला:२) कोभिडका संक्रमित देखिएका छन् उनिहरु निको भएको भन्ने खबर छ, तथापी गाउँपालिकाले पलिका भित्रका कोभिड संक्रमितहरुका लागि तत्कालै १० वटा अक्सिजन सिलिण्डर तथा २ वटा लिक्विड अक्सिजन प्लान्ट गरिदको प्रक्रिया अघि बढाईएको छ जुन आवस्यकता अनुसार थप गर्न सकिने छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय