काठमाडौं । रोल्पाको थवाङमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को नेतृत्व जनताको सत्ता गठन गर्ने क्रममा अगाडि देखिएको छ ।

राष्ट्रिय स्वाधीनतामाथिको विदेशी हस्तक्षेप, राष्ट्रघाती सम्झौता, चरम महंगी, भ्रष्टाचार, कालोबजारिया–घुसखोरी, गुण्डा–डकैती, साँस्कृतिक विचलन, दलाल सत्ताको आत्मसमर्पणवादी लगायतका चरित्रविरुद्ध जनस्तरबाट संघर्षको सशक्त पहल लिँदै आइरहेको नेपाल कम्युनिस्ट पार्टी थवाङी जनताको सत्ता गठन पनि अगाडि देखिएको हो ।

स्थानीय चुनावमार्फत ‘स्थानीय सत्ता’ गठन गर्न बुधबार मतदान गराउने कोशिसमा सरकार लागिरहेको बेला नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको पार्टी नेकपाले दुई दिनअगाडि गत सोमबार स्थानीयको व्यापक जनसहभागितामाझ सम्पन्न भेलाले स्थानीय जनताको नेतृत्वमा जनपरिषद (जनसत्ता) गठन गरेको छ ।

नवगठित १७ सदस्यीय जनपरिषद् प्रमुखमा भेलाले किताब घर्तीलाई चयन गरेका छन् । भेलाका अध्यक्षता नेकपाका स्थायी समिति सदस्य एवं केन्द्रीय जनपरिषद प्रमुख सन्तोष बुढाले गरेका थिए ।

जनताको सत्ताको रुपमा देशभर स्थानीय र जिल्ला जनसरकारको भूमिकामा काम गर्न थवाङमा संसदीय सत्ता गठन गर्नुभन्दा पहिल्यै जनताको सत्ता (जनपरिषद) गठन गरिएको नेकपाका स्थायी समिति सदस्य एवं केन्द्रीय जनपरिषद प्रमुख सन्तोष बुढाले अनलाइन डबलीलाई जानकारी दिए ।

देश र जनताको काम गर्न नेपाल कम्युनिस्ट पार्टी सरकारभन्दा सधैं अगाडि रहँदै आएको नेता बुढाले बताए । जनपरिषद्ले गाउँपालिकाभित्र स्थानीय बासिन्दाको जीवनसँग प्रत्यक्ष जोडिने आर्थिक, प्रशासनिक, न्यायिकलगायत सम्पूर्ण काम गर्ने प्रमुख बुढाले बताए ।

जनपरिषदले जनताको काम गर्न र त्यसनिम्ति चाहिने सत्ता संरचनाको सबै जिम्मेवारी पूरा गरिनेछ । आगामी महिना दिनभित्र जनपरिषद जनसभाले परिषदको संचालन र काम, कर्तव्य, अधिकार तथा क्षेत्रधिकारबारे ‘कार्यविधि’ सार्वजनिक गरिने र ती सबै वैज्ञानिक समाजवादी सत्ताको नीतिमा आधारित हुने प्रमुख बुढाले बताए ।

एकीकृत जनक्रान्तिबाट जन्मिने वैज्ञानिक समाजवाद संसदीय व्यवस्थाको विकल्प भएको नेता बुढाले प्रष्ट पारे । देश र जनताको प्रत्यक्ष सरोकार राख्ने विषय, राष्ट्रियता र स्वाधीताको पक्षमा पहल लिने सवालमा नेपाल कम्युनिस्ट पार्टी सरकारभन्दा एक कदम अगाडि रहँदै आएको छ ।

एक अर्को प्रसंगमा स्थानीयले स्वेच्छिक रुपमा स्वतन्त्र उम्मेदवार दिएको र त्यससँग पार्टीको कुनै सम्बन्ध नरहेको बताए । थवाङ गाउँपालिकामा प्रमुख स्वतन्त्र उम्मेदवारी परेको विषयलाई नेकपासँग जोडेर विभिन्न मिडियाले प्रचार जारी राखेको बेला बुढाले सो कुरा स्पष्ट पारेका हुन् । प्रचारलाई मिडियाको दुस्प्रचार शैली भएको बताए ।

थवाङ गाउँपालिका जनपरिषद् उपप्रमुखमा जितबहादुर रोका र प्रवक्तामा हितप्रसाद रोकालाई चयन गरिएको छ । दलबहादुर घर्ति, राजबहादुर पुन, दलित प्रतिनिधि सिर्जना मिजार, पुरन परियार, महिला प्रतिनिधि विमला झाँक्रीलगायत सदस्यमा चयन भएका छन् । भेलाले बुधबारको स्थानीय चुनावलाई पूर्ण रुपमा खारेज गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah