मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

तपाईको दिन मित्र समूहसँग आनन्दमा बित्नेछ। साथीले दिएको उपहार मिल्नुको साथै खर्च पनि हुनेछ। नयाँ मित्रताको कारण भविष्यमा लाभ हुन् सक्छ। सन्तानबाट लाभ होला। प्राकृतिक स्थलमा घुमफिर हुन सक्ला। सरकारी कार्यमा सफलता मिल्नेछ।

वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

रोजगारीको लागि शुभ दिन रहेको छ। नयाँ कार्य आयोजन सफलतापूर्वक गर्न सक्नुहुनेछ। उच्चाधिकारीको कृपादृष्टि रहनेछ। पदोन्नति हुन सक्ला। गृहस्थजीवनमा मधुरता छाउनेछ। अधुरो कार्य पूरा हुनेछ। सरकारी लाभ मिल्नेछ।

मिथुन- का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

कुनै नयाँ कार्य प्रारम्भ गर्नको लागि अनुकुल दिन रहेको छ। शरीरमा थकान र आलस्य रहनाले कार्य गर्न उत्साह रहनेछैन। पेट सम्बन्धित समस्यामा रहनु हुनेछ। पेसा वा व्यापारमा विपरीत परिस्थिति रहनेछ। उच्चाधिकारीको रिसको सामना गर्नुपर्नेछ। अधिक खर्च हुन सक्ला। महत्त्वपूर्ण कार्यको निर्णय नलिनुहोला।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

प्रत्येक विषयमा सावधानीपूर्वक व्यवहार गर्नुपर्नेछ। पारिवारिक सदस्यसँग वाद-विवाद नगर्नुहोला। बोलि र रिसमा ख्याल राख्नुपर्ने हुन्छ। अधिक खर्च होला। निषेधात्मक तथा अनैतिक कार्यबाट टाढा रहनुहोला। ईश्वरको स्मरण तथा आध्यात्मिकता लाभदायी हुनेछ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

वैवाहिक जीवनमा आपसमा झगडा हुनाले श्रीमान-श्रीमतीबीच तनाव हुनेछ। साथीको स्वास्थ्य बिग्रन सक्ला। आफन्तसँग तथा व्यापारीसँग ध्यानपूर्वक काम गर्नुपर्ने हुन्छ। अदालती कार्यमा सफलता कम मिल्नेछ। सामाजिक तथा बाह्य क्षेत्रमा प्रसिद्दि मिल्नेछ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

तपाईलाई उर्जा तथा स्वस्थता अनुभव हुनेछ। घरमा तथा रोजगार स्थलमा वातावरण आनन्ददायी रहनेछ। सहकर्मीको सहयोग मिल्नेछ। रोगी व्यक्तिको स्वास्थ्यमा सुधार हुनेछ। माईतबाट शुभ समाचार मिल्नेछ। कार्य सम्पन्नताको कारण प्रसिद्दि मिल्नेछ। अत्यधिक खर्च हुन सक्छ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

तपाईको दिन मध्यम फलदायी रहेको छ। सन्तानको चिन्ताले सताउनेछ। विद्या-अभ्यासमा बाधा उत्पन्न हुनेछ। वाद-विवाद वा वौद्दिक चर्चाबाट टाढा रहनुहोला। नयाँ कार्य प्रारम्भ नगर्नुहोला। कुनै प्रियजनसँग भेट हुनेछ। मानभंग हुन सक्ला ।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

तपाईको दिन शान्त रहेर बित्नेछ। भरपुर चिन्ताले तपाईलाई अस्वस्थको साथै निराश बनाउनेछ। आफन्तसँग मनमुटाव हुन सक्छ। आर्थिक हानि होला। कुनै पनि प्रकारको हस्ताक्षर गर्नबाट सावधान रहनुहोला।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

नयाँ कार्यको प्रारम्भ लागि शुभ दिन रहेको छ। भाईबहिनीसँग मेलमिलाप हुनुको साथै परिवारसँग घुमफिर हुनेछ। स्वास्थ्य स्वस्थ रहनेछ। भाग्य वृद्धि होला। रहस्यवाद तथा आध्यात्मिकताको अधिक रस लिनुहुनेछ। सामाजिक दृष्टिले मान-सम्मान मिल्नेछ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

तपाईको परिवारसँग झगडा हुन सक्ला। बोलीमा विशेष ध्यान राख्नुहोला। शेयरमा लगानी गर्नुहुनेछ। स्वास्थ्य मध्यम रहनेछ। आँखामा पीडा होला। विधार्थीले पढाईमा अधिक ध्यान दिनुपर्नेछ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

तपाईको दिन शुभ फलदायी रहेको छ। शारीरिक तथा मानसिक रुपले प्रसन्न रहनुहुनेछ। भौतिक तथा आध्यात्मिक दृष्टिले राम्रो अनुभव हुनेछ। परिवारसँग भ्रमणमा सुरुचिपूर्ण भोजन गर्नुको साथै उपहार मिल्नेछ। आध्यात्मिक विचारले हृदय एवम मनलाई छुनेछ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

लोभ वा लालचमा नफस्नुहोला। आर्थिक विषयमा सावधान रहनुहोला। पूँजीमा लगानी गर्नुभन्दा पहिला सोच्नुहोला। शारीरिक स्वास्थ्य बिग्रन सक्छ। एकाग्रतामा कमी आउनेछ। धार्मिक कार्यमा खर्च हुन सक्ला। परिवारसँग मतभेद खडा होला।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah