अज्ञात समूहले मतदान केन्द्रमा लक्षित गरी फालेको बम प्रहरी हवल्दारले भूँइमा नखस्दै हातले समातेर मतदान केन्द्र भन्दा बाहिर फालिदिएपछि उनको चर्चा चुलिएको छ। सुन्दा अचम्म लाग्ने साहस प्रहरी हवल्दार दुर्गा बहादुर रानाले गरेका हुन्।

तस्बिर : वेब

दाङको तुलसीपुर ३ अम्बास मतदान केन्द्रको बुथ सुरक्षामा रहेका रानाले ज्यानको पर्वाह नगरी बुथको सुरक्षा गरेका हुन्। हवल्दार रानाले ठूलो साहसका साथ बुथमा फालिएको बमलाई हातले समातेर फालेर बुथ र मतदातालाई सुरक्षित राखेका हुन्।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

मतदान केन्द्रलाई लक्षित गरी अज्ञात समूहले फालेको बम रानाले भूँइमा खस्न नपाउँदै मतदान केन्द्रभन्दा बाहिर फालेका हुन्। अज्ञात समूहले फालेको उक्त बम हवल्दारले समातेर फालको दुई सेकेण्डमै पड्किएको थियो।

हवल्दारले समातेर मतदान केन्द्रभन्दा बाहिर फालेकाले बम पड्किए पनि कुनै क्षति हुन पाएन। हवल्दार रानाले बम समातेर मतदान केन्द्र भन्दा बाहिर नफालेको भए मतदान स्थलमा क्षति पुग्ने भए पनि उहाँको साहसले कुनै क्षति नभएको प्रहरीको भनाइ छ।अन्नपूर्णबाट