कोरोना

पछिल्लो २४ घन्टामा ८ हजार २४३ जना कोरोना मुक्त, ५ हजार ४२ जना नयाँ संक्रमित


  काठमाडौ   सवाल नेपाल   २०७८ जेष्ठ २२, १६:४३

काठमाडौं – नेपालमा पछिल्लो २४ घन्टामा ५ हजार ४२ जना नयाँ संक्रमित थपिएका छन् भने ८ हजार २४३ जना कोरोना मुक्त भएका छन् ।

निको हुने बढेसँगै सक्रिय संक्रमित संख्या पनि घटेको छ । नेपालमा पछिल्लो २४ घन्टामा ६८ जना संक्रमितको मृत्यु भएको छ यससँगै हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ७ हजार ७९९ जनाको मृत्यु भएको छ ।

अहिलेसम्म नेपालमा ५ लाख ९८ हजार हजार २०४ जनालाई संक्रमण पुष्टि भएको छ जसमध्ये ४ लाख ८४ हजार ३७३ जना संक्रमणमुक्त भएका छन् ।

अहिले ९२ हजार ९२८ संक्रमित आइसोलेसनमा छन् । पछिल्लो २४ घण्टामा ११ हजार ४७१ पीसीआर र ५ हजार ३४३ जनाको एन्टीजेन परीक्षण भएको छ।

सवालनेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार