काठमाडौ । सोमवार विहान एउटा तस्बिर सामाजिक सञ्जामा निकै भाइरल भएको छ । बर्खास्तीमा परेका प्रदेश नम्बर २ का भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनल सुटकेश बोकेर बाहिर निस्किए । अनि मोटरसाइकलको पछाडी बसेर मन्त्री क्वार्टरबाट बाहिरिए । उनी मन्त्री हुँदा ६ वटा साधन प्रयोग गर्थे । तर आइतबार जनता समाजवादी पार्टी नेतृत्वबाट बर्खास्तीमा परेका सोनल क्वार्टर छोडेर बाहिरिदा देखिएका दृष्य हुन् यि ।
मन्त्री सोनल एउटा सुटकेश र झोला बोकेर मन्त्री क्वार्टरबाट बाहिरिएका थिए । उनले सरकारी गाडी फिर्ता गरेपछि बाइक चढेर जनकपुरको मधेश भवनबाट निस्केका छन् । आइतबार जसपा प्रदेश २ संसदीय दलको बैठकले मन्त्री सोनलसहित राज्यमन्त्री सुरेश मण्डल, अभिराम शर्मा, डा।डिम्पल झालाई बर्खास्त गरेको थियो । राम्रो मन्त्रालयको जिम्मेबारी लामोसमय सम्हालेका उनले सचिवालयमा ३ सहित ६ वटा सरकारी गाडी प्रयोग गर्दै आएका थिए।
मन्त्रालयमा रहँदा उनको कार्यकाल विवाद रहित भने थिएन । उनले मन्त्रालयका योजनामा व्यापक भ्रष्टाचार गरेको आरोप लाग्दै आएको छ। डेढवर्ष अघि एक कार्यक्रममै उनले पैसा लिएर योजना बेचेको भन्दै उनकै अगाडि एक व्यक्तिले आरोप लगाएका थिए। ईताजा खबर बाट साभार










