मुख्य खबर

दमकमा स्वाव संकलन गरिएका १४० मध्ये ६० जनामा देखियो कोरोना


  काठमाडौं   सवाल नेपाल   २०७८ जेष्ठ २८, २०:३८

दमक/ झापाको दमकमा बिहिबार कोरोना परिक्षणका लागि पठाइएका मध्ये ४२.५० प्रतिशतमा कोरोना संक्रमण पुष्टि भएको छ । नगरपालिकाले निशुल्क परिक्षणका लागि पठाइएका नमुनामध्ये सो प्रतिशत सर्वसाधारणमा संक्रमण पुष्टि भएको हो । नगरपालिकाको स्वास्थ्य शाखाले कूल १४० जनाको स्वाव संकलन गरेर धरानस्थित वीपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाएको थियो । प्रतिष्ठानबाट आज शुक्रबार भर्खरै प्राप्त रिपोर्ट अनुसार ६० जनामा कोरोनाको दोश्रो भेरियन्ट प्रमाणित भएको हो ।

नगरपालिकाको स्वास्थ्य शाखाका कुबेर भट्टराईका अनुसार संक्रमितहरुको विस्तृत तथ्याङक तयार पार्ने काम भइरहेको छ । जिल्ला प्रशासन कार्यालय झापाले जिल्लाभर करिब एक महिना अघिदेखि लगाएको निषेधाज्ञाका बीच गरिएको परिक्षणमा ठुलो संख्यामा संक्रमितहरु बढदै जानुलाई स्वास्थ्य सरोकारवालाहरुले गम्भिर चिन्ताको बिषयका रुपमा लिएका छन । दमक नगरपालिका क्षेत्रमा एक महिना अघिदेखि कोरोना रोकथाम तथा नियन्त्रणका लागि लगाइएको निषेधाज्ञा जारी छ ।

पछिल्लो समय थपिएको एक साताको निषेधाज्ञाको समय सकिनै लाग्दा दमकमा यस किसिमको चिन्ता बढेको हो । निषेधाज्ञाको पालनामा सर्वसाधारण सचेत नहुँदा कोरोना संक्रमण फैलिने क्रम रोकिन नसकेको बताइएको छ ।

सवालनेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार